कर्णाली यशविसमा ब्राजिलियन सेटर आना फ्लाभियाखेल्ने

Ana FLavia

भदौ ५ २०८२।

काठमाडौँ – एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणका लागि कर्णाली यशविसले ब्राजिलियन सेटर आना फ्लाभियालाई अनुबन्ध गरेको छ।

फ्लाभिया ब्राजिलकी अनुभवी खेलाडी हुन्। उनले यसअघि ब्राजिलसहित विभिन्न मुलुकका क्लबहरूबाट खेल्दै अनुभव बटुलिएकी छिन्। उनको उपस्थितिले कर्णाली यशविसको खेलमा नयाँ रणनीति र र नतिजामा परिवर्तन आउने अपेक्षा गरिएको छ।

कर्णाली यशविसका प्रशिक्षक तथा व्यवस्थापनले विदेशी खेलाडी भित्र्याएर टिमलाई थप प्रतिस्पर्धी बनाउन खोजेको बताएका छन्।

आना फ्लाभिया जस्तो अनुभवी सेटर आएपछि हाम्रो टिमको आक्रमण र डिफेन्स दुवै बलियो हुन्छ भन्ने विश्वास छ,वटोली व्यवस्थापनले जनाएको छ।

एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण छिट्टै काठमाडौंमा सुरु हुँदैछ। यस लिगमा विभिन्न प्रदेशका क्लबहरू प्रतिस्पर्धा गर्नेछन्। पहिलो संस्करणमा देखिएको आकर्षणलाई निरन्तरता दिँदै यसपटक विदेशी खेलाडीहरूको सहभागिता बढाइएकाले लिग अझ रोमाञ्चक हुने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।