कक्षा १२ को नतिजा सार्वजनिक : १३ हजारभन्दा बढीले ल्याए ३.६१ “GPA” जीपीए

कक्षा १२ को नतिजा, १२ को रिजल्ट २०८२, GPA ३.६१ भन्दा माथि, ग्रेड वृद्धि परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ अंग्रेजी नन ग्रेडेड, कक्षा १२ उत्तीर्ण दर, कक्षा १२ समाचार

कक्षा १२ को नतिजा, १२ को रिजल्ट २०८२, GPA ३.६१ भन्दा माथि, ग्रेड वृद्धि परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ अंग्रेजी नन ग्रेडेड, कक्षा १२ उत्तीर्ण दर, कक्षा १२ समाचार

साउन १९, २०८२।

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ। यस वर्षको परीक्षामा नियमिततर्फ सहभागी विद्यार्थीमध्ये ६१.१७ प्रतिशतले ग्रेड प्राप्त गरी उत्तीर्ण भएका छन्, जुन गत वर्षको तुलनामा करिब ९ प्रतिशतले वृद्धि हो।

बोर्डका अनुसार नियमिततर्फ परीक्षा दिएका ३ लाख ९६ हजार ३४७ परीक्षार्थीमध्ये २ लाख ४२ हजार ४६५ जना ग्रेड प्राप्त गर्न सफल भएका छन् भने १ लाख ५३ हजार ८८२ जना ‘नन-ग्रेडेड’ (NG) भएका छन्।

यस वर्षको नतिजामा १३ हजार ५०२ विद्यार्थीले ३.६१ देखि ४.० जीपीए बीचको उत्कृष्ट ग्रेड ल्याएका छन्। यस्तै, सबैभन्दा बढी ९४ हजार २६८ विद्यार्थीले २.८१ देखि ३.२० सम्मको जीपीए प्राप्त गरेका छन्।

नतिजाअनुसार अनिवार्य अंग्रेजी विषयमा सबैभन्दा धेरै विद्यार्थी नन-ग्रेडेड भएका छन्। यस विषयमा ६६ हजार २७५ विद्यार्थीले ग्रेड हासिल गर्न सकेनन्। त्यस्तै, लेखा विषयमा ४१ हजार २६३, सामाजिक अध्ययनमा ३३ हजार ९२१ र अनिवार्य नेपालीमा २८ हजार ३५६ विद्यार्थी नन-ग्रेडेड भएका छन्।

आंशिकतर्फ परीक्षा दिएका १ लाख १४ हजार ६४० मध्ये ४१ हजार ८४० (३६.४९ प्रतिशत) मात्र उत्तीर्ण भएका छन्। बाँकी अधिकांश विद्यार्थी नन-ग्रेडेड सूचिमा परेका छन्।

कक्षा १२ को नतिजा, १२ को रिजल्ट २०८२, GPA ३.६१ भन्दा माथि, ग्रेड वृद्धि परीक्षा, राष्ट्रिय परीक्षा बोर्ड, कक्षा १२ अंग्रेजी नन ग्रेडेड, कक्षा १२ उत्तीर्ण दर, कक्षा १२ समाचार

बोर्डले नतिजा सुधार हुनुमा प्रश्नपत्रको नयाँ ढाँचा, शिक्षकलाई दिइएको तालिम र उत्तरपुस्तिका परीक्षणमा अपनाइएको स्तरीकृत प्रणालीको मुख्य योगदान रहेको जनाएको छ। बोर्ड अध्यक्षका अनुसार नयाँ पाठ्यक्रमअनुसार ज्ञान, बोध, प्रयोग र उच्च दक्षता जाँच्ने गरी प्रश्नपत्र निर्माण गरिएको थियो, जसले विद्यार्थीलाई उत्तर दिन सजिलो भएको र मूल्यांकन पनि पारदर्शी ढंगले गर्न सकिएको हो।

‘नन-ग्रेडेड’ भएका विद्यार्थीका लागि बोर्डले ग्रेड वृद्धि (पूरक) परीक्षाको मिति पनि सार्वजनिक गरिसकेको छ। आगामी भदौ २८ र २९ गते ग्रेड वृद्धि परीक्षा सञ्चालन हुनेछ।

तुर्कमिनिस्तान भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमार्फत कक्षा १२ मा उत्तीर्ण विद्यार्थीलाई बधाई दिएका छन्। उनले लेखेका छन्, “बधाई नानीबाबुहरू! तपाईंहरुको मेहनत सफल भयो। अब नेपालमै पढ्ने र देशमै केही गर्ने नयाँ यात्राको सुरुवात गरौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।