एसियन बक्सिङमा अर्पिल राना सेमिफाइनलमा

एसियन बक्सिङ २०२५, अर्पिल राना, नेपाल बक्सिङ पदक, यू–२२ बक्सिङ सेमिफाइनल, एसियन च्याम्पियनसिप थाइल्याण्ड, नेपाल खेलकुद समाचार, नेपाली बक्सर अर्पिल, जापानी बक्सर कोटो, नेपाल कांस्य पदक, बैंकक बक्सिङ प्रतियोगिता

साउन २०, २०८२।

काठमाडौं – थाइल्याण्डको बैंककमा जारी एसियाली बक्सिङ च्याम्पियनसिप २०२५ मा सहभागी नेपाली बक्सर अर्पिल राना सेमिफाइनलमा प्रवेश गर्दै नेपालको लागि कम्तीमा कांस्य पदक सुनिश्चित गरेका छन्।

पुरुष यू–२२ तर्फको ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरिरहेका अर्पिलले सेमिफाइनल पुगेसँगै नेपाललाई पदक दिलाएका हुन्। उनले भुटानी बक्सर किन्ले फुन्चोलाई ४–१ को विभाजित निर्णयमा हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन्।

यसअघि अर्पिलले पहिलो खेलमा साउदी अरबका इब्राहीमलाई ५–० को स्पष्ट अन्तरमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए।

अब अर्पिलले सेमिफाइनल खेल आगामी अगस्ट ६ (साउन २१) मा जापानका सोदाई कोटोसँग खेल्नेछन्। जापानी खेलाडी कोटोले फिलिपिनी प्रतिद्वन्द्वीलाई सिधै ५–० को जित दिंदै सेमिफाइनलमा स्थान बनाएका हुन्।

नेपाल बक्सिङ संघका उपाध्यक्ष तथा प्रतियोगिता समन्वयक श्यामकाजी अवालका अनुसार अर्पिलको प्रदर्शन नेपालको लागि गर्वको विषय बनेको छ। उनले भने, पहिलो पटक यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा हाम्रो खेलाडीले सेमिफाइनल पुगेर पदक सुनिश्चित गर्नु महत्वपूर्ण सफलता हो।

बक्सिङ नेपालमा अपेक्षाकृत कम चासोको खेल मानिए पनि पछिल्लो समय युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले भविष्यका लागि ठूलो सम्भावना देखिएको छ। अर्पिलको यो सफलताले बक्सिङ खेलमा नयाँ ऊर्जा थपिएको छ।

नेपालका लागि पछिल्लो केही वर्षमा अन्तर्राष्ट्रिय बक्सिङ मञ्चमा यति ठुलो उपलब्धि दुर्लभ मानिन्थ्यो। यसले आगामी दिनमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट लगानी र समर्थन आवश्यक रहेको संकेत पनि गरेको छ।

अब सबैको नजर अर्पिल र जापानी बक्सर कोटोबीचको सेमिफाइनल भिडन्तमा हुनेछ। सेमिफाइनलमा जित हात पार्न सके अर्पिलले नेपाललाई रजत पदक सुनिश्चित गराउनेछन् र फाइनलको दौडमा समेत पुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।