एसियन बक्सिङमा अर्पिल राना सेमिफाइनलमा

एसियन बक्सिङ २०२५, अर्पिल राना, नेपाल बक्सिङ पदक, यू–२२ बक्सिङ सेमिफाइनल, एसियन च्याम्पियनसिप थाइल्याण्ड, नेपाल खेलकुद समाचार, नेपाली बक्सर अर्पिल, जापानी बक्सर कोटो, नेपाल कांस्य पदक, बैंकक बक्सिङ प्रतियोगिता

एसियन बक्सिङ २०२५, अर्पिल राना, नेपाल बक्सिङ पदक, यू–२२ बक्सिङ सेमिफाइनल, एसियन च्याम्पियनसिप थाइल्याण्ड, नेपाल खेलकुद समाचार, नेपाली बक्सर अर्पिल, जापानी बक्सर कोटो, नेपाल कांस्य पदक, बैंकक बक्सिङ प्रतियोगिता

साउन २०, २०८२।

काठमाडौं – थाइल्याण्डको बैंककमा जारी एसियाली बक्सिङ च्याम्पियनसिप २०२५ मा सहभागी नेपाली बक्सर अर्पिल राना सेमिफाइनलमा प्रवेश गर्दै नेपालको लागि कम्तीमा कांस्य पदक सुनिश्चित गरेका छन्।

पुरुष यू–२२ तर्फको ५० केजी तौल समूहमा प्रतिस्पर्धा गरिरहेका अर्पिलले सेमिफाइनल पुगेसँगै नेपाललाई पदक दिलाएका हुन्। उनले भुटानी बक्सर किन्ले फुन्चोलाई ४–१ को विभाजित निर्णयमा हराउँदै अन्तिम चारको यात्रा तय गरेका हुन्।

यसअघि अर्पिलले पहिलो खेलमा साउदी अरबका इब्राहीमलाई ५–० को स्पष्ट अन्तरमा हराउँदै क्वार्टरफाइनलमा प्रवेश गरेका थिए।

अब अर्पिलले सेमिफाइनल खेल आगामी अगस्ट ६ (साउन २१) मा जापानका सोदाई कोटोसँग खेल्नेछन्। जापानी खेलाडी कोटोले फिलिपिनी प्रतिद्वन्द्वीलाई सिधै ५–० को जित दिंदै सेमिफाइनलमा स्थान बनाएका हुन्।

नेपाल बक्सिङ संघका उपाध्यक्ष तथा प्रतियोगिता समन्वयक श्यामकाजी अवालका अनुसार अर्पिलको प्रदर्शन नेपालको लागि गर्वको विषय बनेको छ। उनले भने, पहिलो पटक यू–२२ एसियन बक्सिङ च्याम्पियनसिपमा हाम्रो खेलाडीले सेमिफाइनल पुगेर पदक सुनिश्चित गर्नु महत्वपूर्ण सफलता हो।

बक्सिङ नेपालमा अपेक्षाकृत कम चासोको खेल मानिए पनि पछिल्लो समय युवा खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले भविष्यका लागि ठूलो सम्भावना देखिएको छ। अर्पिलको यो सफलताले बक्सिङ खेलमा नयाँ ऊर्जा थपिएको छ।

नेपालका लागि पछिल्लो केही वर्षमा अन्तर्राष्ट्रिय बक्सिङ मञ्चमा यति ठुलो उपलब्धि दुर्लभ मानिन्थ्यो। यसले आगामी दिनमा सरकारी तथा गैरसरकारी क्षेत्रबाट लगानी र समर्थन आवश्यक रहेको संकेत पनि गरेको छ।

अब सबैको नजर अर्पिल र जापानी बक्सर कोटोबीचको सेमिफाइनल भिडन्तमा हुनेछ। सेमिफाइनलमा जित हात पार्न सके अर्पिलले नेपाललाई रजत पदक सुनिश्चित गराउनेछन् र फाइनलको दौडमा समेत पुग्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।