एमाले महाधिवेशनअघि ओली–पोखरेल खुला प्रतिस्पर्धामा

एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, एमाले नेतृत्व प्रतिस्पर्धा, नेकपा एमाले विवाद, ओली पोखरेल द्वन्द्व, एमाले सचिवालय बैठक, नेपाली राजनीति अपडेट, एमाले अध्यक्ष पद, एमाले आन्तरिक राजनीति, आजको ताजा समाचार

मंसिर ५, २०८२।   काठमाडौं दैनिक संवाददाता

एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, एमाले नेतृत्व प्रतिस्पर्धा, नेकपा एमाले विवाद, ओली पोखरेल द्वन्द्व, एमाले सचिवालय बैठक, नेपाली राजनीति अपडेट, एमाले अध्यक्ष पद, एमाले आन्तरिक राजनीति, आजको ताजा समाचार

काठमाडौ – नेकपा एमालेको एघारौँ महाधिवेशन नजिकिँदै गर्दा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच खुला प्रतिस्पर्धा अनिवार्य जस्तै बनेको छ। शुक्रबार च्यासलमा आठ घण्टा चलेको सचिवालय बैठकपछि दुवै नेताले आफू–आफ्ना अडान कडा रूपमा प्रस्तुत गरेपछि सर्वसम्मत नेतृत्व चयनको सम्भावना समाप्तप्रायः भएको देखिएको छ।

बैठकमा ओलीले फेरि पनि अध्यक्ष नछाड्ने अडान दोहोर्याउँदै पार्टीलाई जुझारु बनाउन “मिलिटेन्सी” आवश्यक रहेको टिप्पणी गरे। उनले प्रतिस्पर्धा रोकिँदैन भन्दै स्पष्ट संकेत दिदै  सहमति हुँदैन भने प्रतिस्पर्धालाई कसले रोक्न सक्छ र?

एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, एमाले नेतृत्व प्रतिस्पर्धा, नेकपा एमाले विवाद, ओली पोखरेल द्वन्द्व, एमाले सचिवालय बैठक, नेपाली राजनीति अपडेट, एमाले अध्यक्ष पद, एमाले आन्तरिक राजनीति, आजको ताजा समाचार

उता पोखरेलले भने आन्तरिक प्रतिस्पर्धाले नै संगठन बलियो हुने तर्क प्रस्तुत गर्दै आफू अध्यक्षका लागि प्रतिस्पर्धामा उत्रिने औपचारिक घोषणा गरे। म अध्यक्षका निम्ति डिजर्भ गर्छु, परिणाम स्वीकार्छु, भन्दै उनले ओलीका कमजोरीहरू पनि बैठकमै औँल्याए।

अध्यक्ष ओलीलाई साथ दिनेगरी महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङलगायतले धारणा राखे भने अर्कोतर्फ उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, विष्णुप्रसाद पौडेल, सचिव गोकर्ण विष्ट, योगेश भट्टराई, रघुवीर महासेठलगायत नेताहरू पोखरेलतर्फ उभिए।

बैठकका अन्य एजेण्डा, मधेश प्रदेश सरकारको संकट, राष्ट्रिय स्वयंसेवक फोर्स, वर्तमान राजनीतिक अवस्था उपाध्यक्ष तथा सचिवहरूले विस्तृत रूपमा उठाए। तर अन्ततः सबैको ध्यान आगामी महाधिवेशनको नेतृत्वमा केन्द्रित रह्यो।

एमाले महाधिवेशन, केपी ओली, ईश्वर पोखरेल, एमाले नेतृत्व प्रतिस्पर्धा, नेकपा एमाले विवाद, ओली पोखरेल द्वन्द्व, एमाले सचिवालय बैठक, नेपाली राजनीति अपडेट, एमाले अध्यक्ष पद, एमाले आन्तरिक राजनीति, आजको ताजा समाचार

पोखरेल पक्षले ८ मंसिरमै पोखरेलको उम्मेदवारी सार्वजनिक सभा गरी घोषणा गर्ने तयारी गरेको छ। ओली पक्षले भने स्वस्थ प्रतिस्पर्धा स्वीकार्य हुने तर पराजयपछि पार्टी नछोड्ने परिपाटी कायम रहनुपर्ने चेतावनी दिएको छ।

महाधिवेशन अघि एमालेभित्रको यो शक्ति–समीकरणले पार्टीभित्रको आन्तरिक विभाजन अझ स्पष्ट देखिएको छ। आगामी अध्यक्षका लागि ओली र पोखरेल बिचको प्रतिस्पर्धाले एमाले भित्र मात्रै होइन, राष्ट्रिय राजनीतिमा पनि ठूलो प्रभाव पार्ने संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।