एमएमए फाइटर रवीन्द्र ढाँट र क्रिकेटर सम्झना खड्का बझाङी समाजबाट सम्मानित

रवीन्द्र ढाँट, सम्झना खड्का, बझाङी समाज सम्मान, नेपाली एमएमए फाइटर, महिला क्रिकेटर नेपाल, म्याट्रिक्स फाइट नाइट, बान्टमवेट टाइटल, महिला एसिया कप नेपाल एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंको विशेष सम्मान
रवीन्द्र ढाँट, सम्झना खड्का, बझाङी समाज सम्मान, नेपाली एमएमए फाइटर, महिला क्रिकेटर नेपाल, म्याट्रिक्स फाइट नाइट, बान्टमवेट टाइटल, महिला एसिया कप नेपाल
एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंको विशेष सम्मान

साउन २८, २०८२।

काठमाडौं – नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले विशेष सम्मान गरेको छ। बुधबार आयोजित कार्यक्रममा दुवैजनालाई जनही एक लाख रुपैयाँ नगदसहित सम्मान प्रदान गरिएको हो।

रवीन्द्र ढाँटले केही दिनअघि भारतमा सम्पन्न म्याट्रिक्स फाइट नाइट मा भारतीय प्रतिस्पर्धीलाई पराजित गर्दै बान्टमवेट टाइटल जितेका थिए। उनी यो उपाधि जित्ने पहिलो नेपाली बनेका छन्।

एमएमए फाइटर रवीन्द्र ढाँट र महिला क्रिकेटर सम्झना खड्कालाई बझाङी समाज काठमाडौंले विशेष सम्मान
एमएमए फाइटर रवीन्द्र ढाँट

यसअघि नेपाल सरकारले उनलाई ५ लाख रुपैयाँ दिने निर्णय गरिसकेको छ भने काठमाडौं महानगरपालिकाले २ लाख रुपैयाँसहित सम्मान गरेको थियो।

त्यस्तै राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सम्झना खड्काले हालै सम्पन्न महिला एसिया कपमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि अर्धशतक प्रहार गरेकी थिइन्।

रवीन्द्र ढाँट, सम्झना खड्का, बझाङी समाज सम्मान, नेपाली एमएमए फाइटर, महिला क्रिकेटर नेपाल, म्याट्रिक्स फाइट नाइट, बान्टमवेट टाइटल, महिला एसिया कप नेपाल
राष्ट्रिय महिला क्रिकेट टोलीकी सदस्य सम्झना खड्का

बझाङ जिल्लामा जन्मिएका यी दुवै खेलाडीको उपलब्धि समुदायको गौरवको विषय बनेको बझाङी समाजले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर २, २०८२।   काठमाडौँ दैनिक संवाददाता


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

काठमाडौ – नेपाल प्रिमियर लिग (एनपीएल) मा मंगलबार विराटनगर किंग्सले ऐतिहासिक प्रदर्शन गर्दै पोखरा एभेन्जर्सलाई ५३ रनले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानको फ्लडलाइटमा टस हारेर पहिले ब्याटिङमा उत्रिएको विराटनगरले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको कीर्तिमानी स्कोर बनाएको थियो।

यो एनपीएल इतिहासकै सबैभन्दा ठूलो स्कोर हो। विगत वर्ष लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको कीर्तिमानलाई विराटनगरले यसपटक सहजै उछिनेको छ।

पहिलो विकेटका लागि जर्ज मुन्सी १० रनमै आउट भएपछि लोकेश बम र मार्टिन गप्टिलले पोखराका बलरहरूलाई खुला मैदानमा आक्रमण गरे। दुवैले दोस्रो विकेटका लागि १ सय ३२ रनको उत्कृष्ट साझेदारी बनाए, जुन एनपीएल इतिहासकै दोस्रो उच्च साझेदारी हो।

२ सय २१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पोखराका ओपनर दिनेश खरेल ७ रनमै आउट भए। तर कप्तान कुशल भुर्तेल उत्कृष्ट फर्ममा रहे—३१ बलमा ५ चौका र ४ छक्कासहित ५९ रन बनाए ।

भुर्तेलसँग एडम रोसिङटन ले ३९ रनको योगदान दिंदै ७६ रनको साझेदारी गरे। तर सन्दीप लामिछानेले एकै ओभरमा जिम्मी निसम र तृतराज दासलाई आउट गरेपछि पोखराको आशा निराशामा बद्लिएको हो ।


एनपीएल २०८२, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, मार्टिन गप्टिल, लोकेश बम, सन्दीप लामिछाने, नेपाल प्रिमियर लिग, उच्च स्कोर, खेलकुद समाचार

लगातार आउट हुँदा टोली १८.५ ओभरमै १६७ रनमा अलआउट भयो। अन्तिमतिर ड्यान डाउथवेटले २० बलमा २९ रन बनाए पनि त्यो टोलीलाई जोगाउन पर्याप्त भएन।

कीर्तिमानी २२० रनको विशाल स्कोर, आक्रामक ब्याटिङ प्रदर्शन र उत्कृष्ट बलिङको संयोजनले विराटनगर किंग्सलाई एनपीएलमा शानदार जित दिलायो। यस जितसँगै विराटनगरले प्रतियोगितामा बलियो दाबी पेश गरेको छ।