एभरेस्ट महिला भलिबल लिगको घोषणा: एयरलाइन पार्टनरमा टर्किस एयरलाइन्स

एभरेस्ट महिला भलिबल लिगको एयरलाइन पार्टनरमा टर्किस एयरलाइन्स टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईं।

 

एभरेस्ट महिला भलिबल लिगको एयरलाइन पार्टनरमा टर्किस एयरलाइन्स
टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईं।

भदौ ७, २०८२।

काठमाडौं – वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणका लागि टर्किस एयरलाइन्सलाई एयरलाइनलाई पार्टनरका रूपमा घोषणा गरेको छ ।

साथै नेपालका उत्कृष्ट महिला भलिबल खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन् । यसले सीप, जोश र विश्वव्यापी प्रतिनिधित्वको गतिशील संयोजन प्रस्तुत गर्ने बताइएको छ ।

एभरेष्ट महिला भलिबल लिग आगामी सेप्टेम्बरदेखि ५ देखि १३ सम्म पोखराको बहुउद्देशिय कभर्ड हलमा आयोजना हुने तय भएको छ । लिगको दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ जना अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी हुनेछन् ।

टर्किस एयरलाइन्सलाई स्वागत गर्दै लिगले उत्कृष्टता, विश्वासिलोपन र विश्वव्यापी पहुँचलाई आत्मसात गर्ने एक प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीसँगको सहकार्यलाई गौरवका रूपमा लिएको छ ।

यस साझेदारीले लिगको अन्तर्राष्ट्रिय दृष्टिकोणलाई अझ सुदृढ बनाउनुका साथै नेपालमा महिला भलिबलको बढ्‌दो अन्तर्राष्ट्रिय प्रतिष्ठालाई समेत झल्काएको छ आयोजक इन्फिनिटी ड्रिम्सले भनेको छ।

टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक श्री सेरकान बसारले भने, ‘विश्वका सबैभन्दा धेरै मुलुकमा उडान गर्ने एयरलाइनका रूपमा हामी वात्सल्य एभरेस्ट महिला भलिबल लिगसँग आधिकारिक एयरलाइन साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ।

सम्झौतामा टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईंले हस्ताक्षर गर्दै ।

यससंस्करणमा १८ जना अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता, टर्किस एयरलाइन्सको समर्थनले सहज यात्राको व्यवस्था मात्र होइन लिगलाई थप प्रतिष्ठित पनि बनाएको छ वात्सल्य एभरेस्ट महिला भलिबल लिगका सिईओ स्नेभी चापागाईंले भनिन् ।

यस सहकार्य मार्फत हामी खेल क्षेत्रमा महिला रोल मोडेलहरूलाई समर्थन गर्ने लक्ष्य राख्छौँ। यो सहकार्यले नेपाली भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने विश्वास हामी राख्छौँ, जसले नेपालमा खेलकुद र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नेछ। नेपालमा खेल पर्यटनको विश्वव्यापी एजेन्डासँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।

सम्झौतामा टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईंले हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।