एभरेस्ट महिला भलिबल लिगको घोषणा: एयरलाइन पार्टनरमा टर्किस एयरलाइन्स

एभरेस्ट महिला भलिबल लिगको एयरलाइन पार्टनरमा टर्किस एयरलाइन्स टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईं।

 

एभरेस्ट महिला भलिबल लिगको एयरलाइन पार्टनरमा टर्किस एयरलाइन्स
टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईं।

भदौ ७, २०८२।

काठमाडौं – वात्सल्य एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणका लागि टर्किस एयरलाइन्सलाई एयरलाइनलाई पार्टनरका रूपमा घोषणा गरेको छ ।

साथै नेपालका उत्कृष्ट महिला भलिबल खेलाडीहरू पनि प्रतिस्पर्धा गर्नेछन् । यसले सीप, जोश र विश्वव्यापी प्रतिनिधित्वको गतिशील संयोजन प्रस्तुत गर्ने बताइएको छ ।

एभरेष्ट महिला भलिबल लिग आगामी सेप्टेम्बरदेखि ५ देखि १३ सम्म पोखराको बहुउद्देशिय कभर्ड हलमा आयोजना हुने तय भएको छ । लिगको दोस्रो संस्करणमा विश्वका विभिन्न देशबाट १८ जना अन्तर्राष्ट्रिय खेलाडीहरू सहभागी हुनेछन् ।

टर्किस एयरलाइन्सलाई स्वागत गर्दै लिगले उत्कृष्टता, विश्वासिलोपन र विश्वव्यापी पहुँचलाई आत्मसात गर्ने एक प्रतिष्ठित बहुराष्ट्रिय कम्पनीसँगको सहकार्यलाई गौरवका रूपमा लिएको छ ।

यस साझेदारीले लिगको अन्तर्राष्ट्रिय दृष्टिकोणलाई अझ सुदृढ बनाउनुका साथै नेपालमा महिला भलिबलको बढ्‌दो अन्तर्राष्ट्रिय प्रतिष्ठालाई समेत झल्काएको छ आयोजक इन्फिनिटी ड्रिम्सले भनेको छ।

टर्किस एयरलाइन्स नेपालका महाप्रबन्धक श्री सेरकान बसारले भने, ‘विश्वका सबैभन्दा धेरै मुलुकमा उडान गर्ने एयरलाइनका रूपमा हामी वात्सल्य एभरेस्ट महिला भलिबल लिगसँग आधिकारिक एयरलाइन साझेदारी गर्न पाउँदा निकै उत्साहित छौँ।

सम्झौतामा टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईंले हस्ताक्षर गर्दै ।

यससंस्करणमा १८ जना अन्तर्राष्ट्रिय खेलाडीहरूको सहभागिता, टर्किस एयरलाइन्सको समर्थनले सहज यात्राको व्यवस्था मात्र होइन लिगलाई थप प्रतिष्ठित पनि बनाएको छ वात्सल्य एभरेस्ट महिला भलिबल लिगका सिईओ स्नेभी चापागाईंले भनिन् ।

यस सहकार्य मार्फत हामी खेल क्षेत्रमा महिला रोल मोडेलहरूलाई समर्थन गर्ने लक्ष्य राख्छौँ। यो सहकार्यले नेपाली भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा जोड्ने विश्वास हामी राख्छौँ, जसले नेपालमा खेलकुद र सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्नेछ। नेपालमा खेल पर्यटनको विश्वव्यापी एजेन्डासँग सहकार्य गर्न पाउँदा हामी निकै उत्साहित छौँ ।

सम्झौतामा टर्किस एअरलाईन्सका महाप्रबन्धक सेरकान बसार र वात्सल्य एभरेष्ट महिला भलिबल लिगकी सिईओ स्नेभी चापागाईंले हस्ताक्षर गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

कविता भट्ट, अष्ट्रेलिया पलायन, राष्ट्रिय भलिबल टिम, एपीएफ क्लब, नेपाली खेलाडी विदेश, सरस्वती चौधरी, Nepal Volleyball

भदौ ११, २०८२।

काठमाडौं – राष्ट्रिय भलिबल टिमकी मिडल ब्लकर कविता भट्ट अष्ट्रेलिया पलायन भएकी छिन् । उनले यो निर्णय रहर नभई बाध्यता भएको स्पष्ट पारेकी छिन् ।

गत साउनमा सशस्त्र प्रहरीको एपीएफ क्लबबाट राजीनामा दिएर अष्ट्रेलिया पुगेकी भट्टले आफ्ना संघर्ष र अधुरा सपनाबारे भावुक अभिव्यक्ति दिएकी छिन् । उनले न्यू साउथ वेल्स, सिड्नीबाट लेखेकी छन्, घरपरिवार र आमाबुवालाई छोडेर विदेशिने रहर होइन, बाध्यता हो । राष्ट्रिय टिमबाट गोल्ड मेडल जित्ने ठूलो सपना थियो तर परिस्थितिले त्यो सम्भव भएन।

भट्टले एपीएफ क्लबलाई आफ्नो करिअरको आधार भएको भन्दै आभार व्यक्त गरेकी छिन् । उनके भने, एपीएफकै कारण उनले राष्ट्रिय टिमसम्म खेल्ने अवसर पाए।
मलाई एपीएफ हुन पाएकोमा गर्व छ । लामो समय एपीएफ भलिबल टिमबाट खेलें । संघर्षका दिनमा साथ दिने हौसला जगाउने सबैप्रति ऋणी छु उनले भनिन् ।

अष्ट्रेलिया पुगे पनि उनले भलिबललाई निरन्तरता दिने प्रतिबद्धता जनाएकी छिन् ।आज कविता भट्ट भनेर मलाई चिनेको कारण भलिबल नै हो । जहाँ गए पनि यो खेललाई निरन्तरता दिनेछु ।

पछिल्लो वर्षहरुमा नेपालबाट राष्ट्रिय खेलाडीहरू विदेशिने क्रम तीव्र बनेको छ । यसअघि भलिबलकै अर्की चर्चित खेलाडी सरस्वती चौधरी पनि अष्ट्रेलिया पलायन भइसकेकी छिन् ।