Headlines

एभरेष्ट महिला भलिबल लिगको “अक्सन” साउन २ गते

एभरेस्ट महिला भलिबल

एभरेस्ट महिला भलिबल

काठमाडौं,असार ३१- एभरेष्ट महिला भलिबल लिग २०८२ को खेलाडी लिलामी (अक्सन) कार्यक्रम आगामी साउन २ गते काठमाडौंमा हुने भएको छ। आयोजक संस्था इन्फिनिटी ड्रिम्स प्रालिले सोमबार पत्रकार सम्मेलन गर्दै मिति घोषणा गरेको हो।

महिला भलिबलमा पहिलो पटक फ्रेन्चाइज मोडेलमा आयोजना हुन लागेको यो लिग भदौ २० देखि २८ गतेसम्म काठमाडौंमै हुनेछ। यस संस्करणमा छ वटा फ्रेन्चाइज टोलीहरू: कर्णाली यश्विज, गण्डकी थन्डर्स, चितवन शक्ति, ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स र मधेस युनाइटेडले भाग लिनेछन्।

अक्सनमार्फत राष्ट्रिय स्तरका खेलाडीहरूदेखि नवप्रतिभा खेलाडीहरू टोलीले छनोट गर्नेछन्। खेलाडीहरूलाई विभिन्न श्रेणीमा वर्गीकरण गरी न्यूनतम आधार मूल्य तोकिएको हुनेछ। प्रत्येक फ्रेन्चाइजले तय गरेको बजेटभित्र रहँदै खेलाडी छनोट गर्न सक्नेछन्।

एभरेष्ट महिला भलिबल लिगको उद्देश्य:

इन्फिनिटी ड्रिम्स प्रालिकी प्रमुख स्नेभी चापागाईंका अनुसार महिला भलिबललाई व्यवसायिक संरचनामा रूपान्तरण गर्दै खेलाडीको जीवनस्तर उकास्न यो लिग कोसेढुंगा सावित हुनेछ। उनले लिगले नेपाली महिला भलिबलमा ऐतिहासिक मोड ल्याउने र युवा पुस्तालाई भलिबलप्रति आकर्षित गर्ने विश्वास व्यक्त गरिन्।

नेपाली भलिबल संघको प्राविधिक सहयोगमा आयोजना हुन लागेको यस लिगलाई व्यावसायिक र प्रतिस्पर्धात्मक बनाउने लक्ष्य रहेको छ। लिगमार्फत महिला खेलाडीले आर्थिक, पेशागत तथा सामाजिक रूपमा नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।

पहिलो संस्करणमा विजेता बनेको कर्णाली यश्विज यो सिजन पनि उपाधि रक्षा गर्ने लक्ष्यमा छ। लिगको अन्तिम चरणमा सेमिफाइनल र फाइनल खेल हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *