एपीएफ क्लब एएफसी महिला च्याम्पियन्स लिग छनोटमा नासाफसँग भिड्दै

AFC Women’s Champions League Qualifiers, एपीएफ क्लब, नेपाली महिला फुटबल, अनिता बस्नेत, प्रीति राई, Nepal women football, एपीएफ नासाफ खेल

AFC Women’s Champions League Qualifiers, एपीएफ क्लब, नेपाली महिला फुटबल, अनिता बस्नेत, प्रीति राई, Nepal women football, एपीएफ नासाफ खेल

भदौ ९, २०८२।

काठमाडौं – एएफसी महिला च्याम्पियन्स लिग छनोट चरण अन्तर्गत समूह बी को पहिलो खेलमा नेपालकी च्याम्पियन एपीएफ क्लबले आज उज्बेकिस्तानको पीएफसी नासाफसँग प्रतिस्पर्धा गर्दैछ। खेल क्वार्सीस्थित मार्काजिय स्टेडियम मा नेपाली समय अनुसार राती ९:१५ बजे सुरु हुनेछ।

एपीएफ टोलीलाई अनुभवी विङ्गर अनिता बस्नेत ले कप्तानी गर्नेछिन्। गत संस्करणमा पनि एपीएफ र नासाफ एउटै समूहमा परेका थिए, जहाँ एपीएफ १-० ले पराजित भएको थियो। यसपटक भने टिमले नयाँ रणनीति र बलियो प्रदर्शन गर्ने लक्ष्य लिएको छ।

AFC Women’s Champions League Qualifiers, एपीएफ क्लब, नेपाली महिला फुटबल, अनिता बस्नेत, प्रीति राई, Nepal women football, एपीएफ नासाफ खेल

यसै समूहमा रहेको थाइल्याण्डको कलेज अफ एसियन स्कोलार्स र साउदी अरेबियाको अल नासेर बीच पनि आजै अर्को खेल हुँदैछ।

यता एपीएफकी महत्वपूर्ण मिडफिल्डर प्रीति राई भने यस संस्करणमा अनुपस्थित छिन्, किनकि उनी हाल जोर्डनको इत्तिहाड क्लब सँग अनुबन्धमा छन्। प्रीतिको क्लबले समूह सी मा सिंगापुरको लायन सिटी विरुद्ध प्रतिस्पर्धा गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।