एनपीएल “NPL” मिनी अक्सनमा आदिल १५ लाखमा काठमान्डु गोर्खाजमा अनुबन्ध

एनपीएल मिनी अक्सन २०८२, आदिल आलम अन्सारी, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग क्रिकेट, NPL Mini Auction Nepal, नेपाली क्रिकेट अक्सन, एनपीएल खेलाडी अनुबन्ध, Kathmandu Gorkhas Adil Alam, Nepali Cricket News, एनपीएल ताजा समाचार लक्की ड्र बाट आदिल आलमलाई पाएपछिको खुसीमा काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईसहित पदाधिकारी ।
एनपीएल मिनी अक्सन २०८२, आदिल आलम अन्सारी, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग क्रिकेट, NPL Mini Auction Nepal, नेपाली क्रिकेट अक्सन, एनपीएल खेलाडी अनुबन्ध, Kathmandu Gorkhas Adil Alam, Nepali Cricket News, एनपीएल ताजा समाचार
लक्की ड्र बाट आदिल आलमलाई पाएपछिको खुसीमा काठमान्डु गोर्खाजका प्रशिक्षक मोन्टी देसाईसहित पदाधिकारी ।

साउन २५, २०८२।

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट सिजन–२ को मिनी अक्सनमा शनिबार आदिल आलम अन्सारी सबैभन्दा चर्चित खेलाडी बने। सबै ८ फ्रेन्चाइज टोलीको बोलीमा परेका उनी अन्ततः लक्की ड्र मार्फत काठमान्डु गोर्खाजले १५ लाखमा आफ्नो टोलीमा भित्र्यायो।

ए श्रेणीमा रहेका आदिलको न्यूनतम मूल्य १० लाख थियो। सबै टोलीले अधिकतम १५ लाखसम्म बोली लगाएपछि गोलाप्रथाबाट गोर्खाज भाग्यमानी सावित भयो। गत वर्षको अक्सनमा बारम्बार ‘लक्की ड्र’मा असफल भएको गोर्खाज यसपटक सबैभन्दा बढी प्रतीक्षित खेलाडी पाउन सफल रह्यो।

गोर्खाजले यसअघिको ४३ लाख बजेटमध्ये ३७ लाख खर्च गर्दै आदिलसँगै देब्रेहाते स्पिनर सन्तोष यादव, आकाश त्रिपाठी, उत्तम थापामगर र तुलबहादुर थापालाई अनुबन्ध गर्‍यो।

एनपीएल मिनी अक्सन २०८२, आदिल आलम अन्सारी, काठमान्डु गोर्खाज, नेपाल प्रिमियर लिग क्रिकेट, NPL Mini Auction Nepal, नेपाली क्रिकेट अक्सन, एनपीएल खेलाडी अनुबन्ध, Kathmandu Gorkhas Adil Alam, Nepali Cricket News, एनपीएल ताजा समाचार
आदिल आलम

अक्सनमा १६१ मध्ये ३७ खेलाडीमा मात्र बोली लाग्यो। चितवन राइनोज ३९ लाख खर्च गर्दै सबैभन्दा ठूलो खर्च गर्ने टोली रह्यो। लुम्बिनी लायन्सले ३२ लाख, कर्णाली याक्सले २९ लाख, विराटनगर किंग्सले २७ लाख, सुदूरपश्चिम रोयल्सले २४ लाख, जनकपुर बोल्ट्सले १९ लाख ७५ हजार र पोखरा एभेन्जर्सले ११ लाख खर्च गरे।

३ वर्षअघि स्पट फिक्सिङको आरोप लागेका आदिललाई हालै मात्र क्यानले राष्ट्रिय प्रतियोगिता खेल्न अनुमति दिएको हो। यसपटकको अक्सनमा शरद भेषावकर, सुनिल धमला र सुनाम गौतमजस्ता ए श्रेणीका खेलाडीले भने कुनै बोली पाएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।