एनपीएलमा आज चितवन र कर्णाली, विराटनगर र पोखराबीच रोमाञ्चक भिडन्त हुदै

एनपीएल २०८२, नेपाल प्रिमियर लिग, चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, क्रिकेट नेपाल, लाइभ अपडेट

मंसिर २, २०८२।   काठमाडौं दैनिक संवाददाता

एनपीएल २०८२, नेपाल प्रिमियर लिग, चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, क्रिकेट नेपाल, लाइभ अपडेट

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) २०८२ अन्तर्गत आज दुई रोमाञ्चक खेल हुने भएका छन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बिहान ११:४५ बजे पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स भिड्नेछन्।

दोश्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स प्रतिस्पर्धा गर्नेछन्। दुवै खेलमा चारै टोलीले सुखद सुरुआतको लक्ष्य राखेका छन्।

चितवनको कप्तानी कुशल मल्लले गर्नेछन् भने कर्णालीको टोली सोमपाल कामीको नेतृत्वमा मैदानमा उत्रनेछ। विराटनगरको कप्तान सन्दीप लामिछाने रहनेछन् भने पोखराको टोली कुशल भुर्तेलको नेतृत्वमा खेल्नेछ।

एनपीएल २०८२, नेपाल प्रिमियर लिग, चितवन राइनोज, कर्णाली याक्स, विराटनगर किंग्स, पोखरा एभेन्जर्स, क्रिकेट नेपाल, लाइभ अपडेट

यसअघि सोमबार सम्पन्न खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराउँदै काठमाडौं गोर्खाजले सुखद सुरुआत गरेको थियो। जितसँगै काठमाडौंले अंकतालिकामा दुई अंक जोडेको छ।

प्रतियोगिता नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भइ फाइनल खेल मंसिर २७ मा हुनेछ भने विजेताले रु एक करोड १० लाख पुरस्कार पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।