एनआरएन विवाद : सुनुवाइ फेरि सरेपछि अन्योल कायमै

एनआरएन विवाद, गैरआवासीय नेपाली संघ, NRN dispute, NRNA election, शेष घले, बद्री केसी, महेश श्रेष्ठ, सर्वोच्च अदालत नेपाल, पूर्ण इजलास, नेपाल राजनीति, एनआरएन सुनुवाइ, एनआरएन नेतृत्व विवाद, NRNA Supreme Court case, गैरआवासीय नेपाली मुद्दा, शरणार्थी न्यायालय मुद्दा, नेपालको सर्वोच्च अदालत, एनआरएन निर्वाचन विवाद, महेश श्रेष्ठ एनआरएन अध्यक्ष, एनआरएन रिट, अदालतको पेसी सरेको

एनआरएन विवाद, गैरआवासीय नेपाली संघ, NRN dispute, NRNA election, शेष घले, बद्री केसी, महेश श्रेष्ठ, सर्वोच्च अदालत नेपाल, पूर्ण इजलास, नेपाल राजनीति, एनआरएन सुनुवाइ, एनआरएन नेतृत्व विवाद, NRNA Supreme Court case, गैरआवासीय नेपाली मुद्दा, शरणार्थी न्यायालय मुद्दा, नेपालको सर्वोच्च अदालत, एनआरएन निर्वाचन विवाद, महेश श्रेष्ठ एनआरएन अध्यक्ष, एनआरएन रिट, अदालतको पेसी सरेको

साउन २९, २०८२

कानकाठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतमा पेशी फेरि एक पटक सरेको छ।

बिहीबारका लागि तोकिएको सुनुवाइ फेरि पनि यसअघि निर्णय दिइसकेका न्यायाधीशको इजलासमा परेपछि मुद्दा हेर्न नमिल्ने भन्दै अर्को साता पुन: सर्ने भएको हो।

सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी, टेकप्रसाद ढुंगाना र श्रीकान्त पौडेलको इजलासमा ‘ख’ नम्बरमा पेसी परे पनि सुवेदी र ढुंगानाले यसअघि नै एनआरएन निर्वाचनसम्बन्धी विवादमा निर्णय गरिसकेकोले मुद्दा हेर्न नमिल्ने देखिएको हो।

यो मुद्दा पछिल्ला महिनाहरूदेखि निरन्तर पेसीमा आइरहेको छ। यसअघि सर्वोच्चले शेष घले नेतृत्वको संयन्त्रमार्फत नयाँ निर्वाचन गराउन आदेश दिएको थियो। सोही आदेश अनुसार निर्वाचन तयारी भइरहेको बेलामा बद्री केसी र आरके शर्मा सर्वोच्च पुगेका थिए। अहिले पनि ६ वटा निवेदन मुद्दाका रूपमा कायम छन्।

केसीलाई परराष्ट्र मन्त्रालयले रोक लगाउने निर्णय सर्वोच्चले बदर गरे पनि घले समूहद्वारा सम्पन्न निर्वाचन र नयाँ अध्यक्ष महेश श्रेष्ठको चयनपछि विवाद झन् जटिल बनेको छ।

पूर्ण इजलासद्वारा सबै निवेदनको संयुक्त सुनुवाइ गर्ने प्रयास भइरहेको छ। तर हरेक बिहीबार मात्र तोकिने पूर्ण इजलासमा आज पनि सुनुवाइ सम्भव नभएपछि अर्को साता पुनः नयाँ इजलासमा पेशी तोकिनेछ।

यो पनि पढ्नुहोस् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।