एएफसी यू-२० महिला एसियन कप छनोटमा नेपाल उत्तर कोरियासँग ११–० ले पराजित

साउन २५, २०८२।

काठमाडौं – भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा आइतबार भएको समूह ‘ए’ अन्तर्गतको अन्तिम खेलमा नेपाल उत्तर कोरियासँग ११–० को विशाल अन्तरले पराजित भएको छ। बलियो साविक विजेता उत्तर कोरियाले पहिलो हाफमै ५ गोल र दोस्रो हाफमा थप ६ गोल गर्दै सहज जित हात पारेको हो।

यस जितसँगै उत्तर कोरियाले समूहका सबै तीन खेल जितेर ९ अंक जोड्दै र अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यू–२० महिला एसियन कपको फाइनल चरणमा स्थान सुरक्षित गरेको छ ।

नेपालका लागि यो पहिलो हार भए पनि यससँगै फाइनल चरणमा पुग्ने आशा समाप्त भएको छ। तीन खेलबाट ४ अंक मात्र जोडेको नेपालले पहिलो खेलमा भुटानसँग १–१ को बराबरी खेलेको र दोस्रो खेलमा साउदी अरेबियालाई १–० ले हराएको थियो।

एएफसी यू-२० महिला एसियन कप,नेपाल महिला फुटबलउत्तर कोरिया बनाम नेपाल,थिम्पु फुटबल समाचार नेपाल यू–२० महिला टिम,एएफसी महिला एसियन कप छनोट २०२५,नेपाल बनाम उत्तर कोरिया स्कोर नेपाली खेल समाचार
एएफसी यू-२० महिला एसियन कप छनोट नेपाली टोलि

नियमअनुसार ८ समूह विजेता सिधै फाइनलमा पुग्नेछन् भने उत्कृष्ट तीन उपविजेताले मात्र अवसर पाउनेछन्। अन्य पाँच समूहका उपविजेता टिमहरू पहिल्यै ६ अंकसहित अघि रहँदा नेपालको उत्कृष्ट दोस्रो बन्ने सम्भावना पनि समाप्त भयो।

नेपालले भुटान र साउदीलाई हराएर वा उत्तर कोरियासँग बराबरी गर्दै फाइनलमा पुग्ने लक्ष्य राखेपनि, बलियो प्रतिद्वन्द्वीको आक्रामक खेलअगाडि नेपाली टिम असफल रह्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।