उपसभामुखसँग जोडिएको घटनामा सीआईबीको अनुसन्धान 

इन्दिरा राना, उपसभामुख विवाद, कांग्रेस एमाले सहमति, अमेरिकी भिसा प्रकरण, प्रतिनिधिसभा प्रस्ताव, संवैधानिक परिषद, नेपालको राजनीति, पदमुक्त प्रक्रिया, उपसभामुख पद, सत्तारूढ दल निर्णय, मानव तस्करी नेपाल

इन्दिरा राना, उपसभामुख विवाद, कांग्रेस एमाले सहमति, अमेरिकी भिसा प्रकरण, प्रतिनिधिसभा प्रस्ताव, संवैधानिक परिषद, नेपालको राजनीति, पदमुक्त प्रक्रिया, उपसभामुख पद, सत्तारूढ दल निर्णय, मानव तस्करी नेपाल

भदौ १०, २०८२।

काठमाडौं – उपसभामुख इन्दिरा राना मगरसँग सम्बन्धित पीए नेपाल नामक गैरसरकारी संस्थाबाट बालबालिका हराएको संवेदनशील घटनामा प्रहरीले गम्भीर चासो देखाउँदै अनुसन्धान सुरु गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले यसबारे प्रारम्भिक अध्ययन अघि बढाएको पुष्टि गरेको छ।

उक्त संस्थाले बाल संगठनमार्फत जिम्मा लिएका ५ जना बालबालिकालाई अवैधरूपमा ओसारपसार गरिएको भन्ने गम्भीर आरोप सार्वजनिक भएपछि प्रहरी सक्रिय भएको हो। तत्कालीन समयमा संस्थाकी कार्यकारी प्रमुख इन्दिरा राना मगर रहेको पाइएको छ।

सीआईबी प्रमुख एआईजी चन्द्र कुँवर खापुङका अनुसार बालबालिका गायब वा अवैध बिक्रीबारे समाचार सार्वजनिक भएपछि प्रहरीले विषयलाई अत्यन्त संवेदनशील ठहर गर्दै अनुसन्धान सुरु गरेको हो। उनले भने, बालबालिका गायब वा मानव तस्करी सरहको घटना हो, दोषीलाई कानुनी दायरामा ल्याइन्छ।

प्रहरी प्रवक्ता विनोद घिमिरेले पनि यसबारे सत्य तथ्य बुझ्न अनुसन्धान भइरहेको बताए। उनले भने, घटना संगठित मानव तस्करीसँग जोडिएको हुनसक्ने आशंका छ।

२०७२ सालमै बाल संगठनका अधिकारीमाथि अवैध रूपमा बच्चा दिएको आरोप लागेको र त्यसपछि २०७७ सालमा तत्कालीन सरकारले पूर्वन्यायाधीश हरिबाबु भट्टराईको नेतृत्वमा छानबिन समिति गठन गरेको तथ्य पनि बाहिर आएको छ। त्यस क्रममा बेलायती नागरिकलाई बच्चा अवैधरूपमा दिने कार्यसमेत भएको बताइन्छ।

हाल सीआईबीले हराएका बालबालिका कहाँ पुगे भन्नेबारे सूक्ष्म अध्ययन गरिरहेको छ। प्रारम्भिक जानकारी संकलन भइसकेपछि आवश्यक प्रमाण भेटिएमा संलग्न जोकोहीलाई कानूनी कारबाही गर्ने तयारी प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।