उत्तर कोरियासँग ११–० को हारपछि नेपाल यू–२० महिला एसियन कप छनोटबाट बाहिर

नेपाल यू–२० महिला फुटबल, उत्तर कोरिया बनाम नेपाल, यू–२० महिला एसियन कप छनोट २०२५, नेपाल फुटबल हार, नेपाल बनाम उत्तर कोरिया ११–०, नेपाल महिला फुटबल टोली, एएफसी यू–२० महिला कप २०२५, नेपाल फुटबल समाचार

नेपाल यू–२० महिला फुटबल, उत्तर कोरिया बनाम नेपाल, यू–२० महिला एसियन कप छनोट २०२५, नेपाल फुटबल हार, नेपाल बनाम उत्तर कोरिया ११–०, नेपाल महिला फुटबल टोली, एएफसी यू–२० महिला कप २०२५, नेपाल फुटबल समाचार

साउन २६, २०८२।

काठमाडौँ – नेपाल यू–२० महिला फुटबल टोली अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा छनोट हुन असफल भएको छ। आइतबार थिम्पुको चाङलिमिथाङ रंगशालामा भएको अन्तिम खेलमा समूहको बलियो टिम उत्तर कोरियासँग नेपाल ११–० ले पराजित भयो।

यो हारपछि नेपाल समूहको दोस्रो स्थानमा रह्यो। आठ समूहका दोस्रो स्थान हासिल गर्ने टिममध्ये सबैभन्दा पुछारमा रहँदै उत्कृष्ट तीन टिमको सूचीमा पर्न सकेन। यससँगै नेपालको अभियान समाप्त भयो।

समूहको अन्य खेलमा साउदी अरेबियाले भुटानलाई २–१ ले हराउँदै तेस्रो स्थानमा रह्यो, जबकि आयोजक भुटान एक अंकसहित अन्तिम स्थानमा रह्यो।

थिम्पुको चाङलिमिथाङ रंगशालामा भएको खेलमा यो समूहको तीनपल्टको विश्व र दुईपल्टको एसियाली च्याम्पियन उत्तर कोरियाले पहिलो हाफमा पाँच गोल गरेको थियो । पूरा अवधिमा आक्रामक रहेको उत्तर कोरियाका लागि हो क्योङले पाँच गोल गरिन् । यस्तै चोए चो–गमले पनि तीन गोल गरिन् ।

उत्तर कोरियाले ८८ मिनेटयता इन्ज्युरी समयमा चार गोल गरेको थियो । उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५–० र भुटानलाई १०–० ले हराएको थियो । यस क्रममा उत्तर कोरियाले तीन खेलमा कुल ३६ गोल गरेको हो ।

नेपालका प्रशिक्षक यामप्रसाद गुरुङले खेलाडीहरूको प्रयासको प्रशंसा गर्दै भने, हाम्रो योजना कम गोल खानु थियो तर उनीहरूले अत्यधिक दबाब सिर्जना गरे। यति बलियो टिमविरुद्ध खेल्नु आफैंमा चुनौती थियो र खेलाडीहरूले आफ्नो सक्दो  प्रयास गरेका छन्।

नेपालका लागि छनोटमा असफल हुनुको मुख्य कारण भुटानविरुद्धको १–१ बराबरी परिणाम मानिएको छ जसको ठूलो मूल्य अन्त्यमा चुकाउनु पर्‍यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर ९, २०८२।    काठमाडौँ दैनिक संवाददाता

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीले श्रीलंकामा सम्पन्न पहिलो दृष्टिविहीन महिला टी–२० क्रिकेट विश्वकपमा उपविजेता बनेर फर्किएको नेपाली टोलीलाई सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा सम्मानपूर्वक भेट गरेकी छन्।

प्रधानमन्त्रीले खेलाडी र अफिसियललाई बधाई दिँदै यो उपलब्धि नेपाली खेलकुद इतिहासकै गर्वको विषय भएको बताइन्। कार्कीले भनिन्, यो तपाईंहरूको कडा परिश्रम, सामूहिक भावना र दृढ संकल्पको परिणाम हो। तपाईंहरू सबै यस उपलब्धिको हकदार हुनुहुन्छ। अर्को संस्करणमा च्याम्पियन बन्ने लक्ष्यसहित अगाडि बढ्नुहोस्।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रधानमन्त्री कार्कीले सरकारबाट आवश्यक सहयोग र लगानीका विषयमा सम्बद्ध मन्त्रालय तथा निकायसँग छलफल गर्ने आश्वासन समेत दिइन्। कार्कीले पहल र प्रतिभाको प्रदर्शन सराहनीय रहेको उल्लेख गर्दै सरकारी सहयोग बढेमा टोलीले अझ उत्कृष्ट सफलता हासिल गर्ने विश्वास व्यक्त गरिन्।

प्रशिक्षक पुरनसिंह खत्री र कप्तान गीता पौडेलको नेतृत्वमा रहेको नेपाली टोलीले प्रतिस्पर्धी सम्पन्न राष्ट्रका टोलीलाई हराउँदै उपाधि नजिक पुग्न सफल भएको प्रशिक्षकको भनाइ छ। उनका अनुसार सरकारी समर्थन पाउँदा भविष्यमा नेपालले च्याम्पियन बन्न सक्नेछ।

दृष्टिविहीन महिला क्रिकेट, टी–२० विश्वकप, उपविजेता नेपाल, प्रधानमन्त्री सुशीला कार्की, नेपाली महिला दृष्टिविहीन टोली, बालुवाटार भेट, क्रिकेट इतिहास, सरकारी सहयोग, खेलकुद उपलब्धि, श्रीलंका प्रतियोगिता, गीता पौडेल, पुरनसिंह खत्री, नेपाली खेलकुद समाचार, नेपाल दृष्टिविहीन क्रिकेट, समर्थन आश्वासन

प्रतियोगिता सम्पन्न भएपछि टोली सोमबारै स्वदेश फर्किएको हो।