उज्यालो नेपाल पार्टीका ५१ पदाधिकारी सार्वजनिक

उज्यालो नेपाल पार्टी, अनुप उपाध्याय, कुलमान घिसिङ, टासी ल्हाजोम, शंकर ढकाल, नयाँ राजनीतिक दल नेपाल, उज्यालो नेपाल पदाधिकारी सूची, नेपाल राजनीति २०८२, निर्वाचन आयोग, बिजुलीको चिम चिन्ह उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्याय र केन्द्रीय सदस्य शंकर ढकाल ।

कार्तिक २५, २०८२।   प्रयास लामा

उज्यालो नेपाल पार्टी, अनुप उपाध्याय, कुलमान घिसिङ, टासी ल्हाजोम, शंकर ढकाल, नयाँ राजनीतिक दल नेपाल, उज्यालो नेपाल पदाधिकारी सूची, नेपाल राजनीति २०८२, निर्वाचन आयोग, बिजुलीको चिम चिन्ह
उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्याय र केन्द्रीय सदस्य शंकर ढकाल ।

काठमाडौँ – ‘उज्यालो नेपाल’ पार्टीले आफ्नो ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक गरेको छ। पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा गठन गरिएको समितिको नामावली निर्वाचन आयोगमा दर्ता गरिएको पार्टीका नेता शंकर ढकालले जानकारी दिएका छन् ।

यो दल हाल मन्त्री रहेका कुलमान घिसिङको पहलमा गठन गरिएको हो। तर मन्त्री पदमा रहेका कारण घिसिङ हाल पार्टीको कार्यकारी भूमिकामा छैनन्। उनले मन्त्री पदबाट बिदा लिएपछि पार्टीको नेतृत्व लिने योजना रहेको बताइएको छ।

पार्टीको प्रस्तावित चुनाव चिन्ह “बलिरहेको बिजुलीको चिम” रहेको छ। उज्यालो नेपालको दर्ता प्रक्रिया गत साउन २७ गते सुरु भएको थियो, जसको निवेदन ज्ञानबहादुर तामाङले निर्वाचन आयोगमा दर्ता गराएका थिए।

यसबीच केन्द्रीय सदस्य सूचीमा नाम समावेश भएकी टासी ल्हाजोमले आफ्नो नाम बिना अनुमति राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनले भनिन्, मेरो नाम हटाउन भनिसकेको छु, तर सूचीमा राखिएको छ।

पार्टीका केन्द्रीय सदस्य निर्देश सिलवालले भने नयाँ पुस्ताका राजनीतिक व्यक्तिहरू, सुमना श्रेष्ठ, बालेन्द्र शाहलगायत सँग सहकार्यको प्रयास भएको तर अन्तिममा सहमति जुट्न नसकेको बताएका छन्।

उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्याय र केन्द्रीय सदस्य शंकर ढकाल ।

उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्याय र केन्द्रीय सदस्य शंकर ढकाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।