उज्यालो नेपाल पार्टीका ५१ पदाधिकारी सार्वजनिक

उज्यालो नेपाल पार्टी, अनुप उपाध्याय, कुलमान घिसिङ, टासी ल्हाजोम, शंकर ढकाल, नयाँ राजनीतिक दल नेपाल, उज्यालो नेपाल पदाधिकारी सूची, नेपाल राजनीति २०८२, निर्वाचन आयोग, बिजुलीको चिम चिन्ह उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्याय र केन्द्रीय सदस्य शंकर ढकाल ।

कार्तिक २५, २०८२।   प्रयास लामा

उज्यालो नेपाल पार्टी, अनुप उपाध्याय, कुलमान घिसिङ, टासी ल्हाजोम, शंकर ढकाल, नयाँ राजनीतिक दल नेपाल, उज्यालो नेपाल पदाधिकारी सूची, नेपाल राजनीति २०८२, निर्वाचन आयोग, बिजुलीको चिम चिन्ह
उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्याय र केन्द्रीय सदस्य शंकर ढकाल ।

काठमाडौँ – ‘उज्यालो नेपाल’ पार्टीले आफ्नो ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक गरेको छ। पूर्वऊर्जा सचिव अनुप उपाध्यायको अध्यक्षतामा गठन गरिएको समितिको नामावली निर्वाचन आयोगमा दर्ता गरिएको पार्टीका नेता शंकर ढकालले जानकारी दिएका छन् ।

यो दल हाल मन्त्री रहेका कुलमान घिसिङको पहलमा गठन गरिएको हो। तर मन्त्री पदमा रहेका कारण घिसिङ हाल पार्टीको कार्यकारी भूमिकामा छैनन्। उनले मन्त्री पदबाट बिदा लिएपछि पार्टीको नेतृत्व लिने योजना रहेको बताइएको छ।

पार्टीको प्रस्तावित चुनाव चिन्ह “बलिरहेको बिजुलीको चिम” रहेको छ। उज्यालो नेपालको दर्ता प्रक्रिया गत साउन २७ गते सुरु भएको थियो, जसको निवेदन ज्ञानबहादुर तामाङले निर्वाचन आयोगमा दर्ता गराएका थिए।

यसबीच केन्द्रीय सदस्य सूचीमा नाम समावेश भएकी टासी ल्हाजोमले आफ्नो नाम बिना अनुमति राखिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। उनले भनिन्, मेरो नाम हटाउन भनिसकेको छु, तर सूचीमा राखिएको छ।

पार्टीका केन्द्रीय सदस्य निर्देश सिलवालले भने नयाँ पुस्ताका राजनीतिक व्यक्तिहरू, सुमना श्रेष्ठ, बालेन्द्र शाहलगायत सँग सहकार्यको प्रयास भएको तर अन्तिममा सहमति जुट्न नसकेको बताएका छन्।

उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्याय र केन्द्रीय सदस्य शंकर ढकाल ।

उज्यालो नेपालका अध्यक्ष अनुप उपाध्याय र केन्द्रीय सदस्य शंकर ढकाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १२, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय झन्डा ओढेर देशका सार्वजनिक तथा निजी सम्पत्तिमाथि गरिएको लुटपाट, तोडफोड र आगजनीलाई ‘आन्दोलनको नाममा वैधता दिने प्रयास’ अस्वीकार्य भएको बताएका छन्।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै उनले राष्ट्रिय झन्डाको दुरुपयोग बढ्दै गएको भन्दै यस्तो कार्यमा संलग्नलाई कठोर कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार झन्डाको आवरणमा गरिएका अपराधिक गतिविधि कुनै पनि मूल्यमा सह्य हुँदैन। देशका धरोहर जलाउने, निजी घर तोडफोड गर्ने, लुटपाट गर्ने यी आन्दोलनका लक्षण होइनन्, प्रत्यक्ष अपराध हुन्, उनले भने, यसलाई निरुत्साहित नगर्ने हो भने दण्डहीनता बढ्नेछ, राज्य कमजोर देखिन्छ।

गृहमन्त्रीले भदौ २३–२४ मा जेन-जी आन्दोलनको नाममा भएका तोडफोड र आगजनी घटनामा संलग्नहरूलाई कारबाही प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए। उनका अनुसार सार्वजनिक सम्पत्तिमाथिको आक्रमण ‘क्षम्य र सह्य नहुने’ अपराध हो र विधिको शासन लागू गर्न सरकार अडिग रहेको छ।

बैठकमा सांसदहरूले जेन-जी समूहका आन्दोलन, राजीनामाका माग र राजनीतिक स्थायित्वबारे उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले सरकार राजनीतिक द्वन्द्व नियन्त्रणतर्फ केन्द्रित रहेको र जेन-जी पुस्तालाई विश्वासमा लिएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। राजनीतिक विचारलाई सम्मान गर्दै संवाद र प्रक्रियाबाट अघि बढ्छौं, उनले भने।

समितिमा मन्त्रीले सरकार, संसद् र दलहरूबीचको सम्बन्ध अझ सुदृढ गर्दै आगामी निर्वाचनका तयारीका विषयमा पनि छलफल भइरहेको जानकारी गराए। उनले दण्डहीनता स्वीकार्य नहुने दोहोर्‍याउँदै सार्वजनिक सम्पत्तिमाथि भएको क्षति राष्ट्रका लागि गम्भीर चेतावनी भएको उल्लेख गरे।