अमेरिकामा ‘ट्रम्प ट्यारिफ’ लागू, नेपाली वस्तुमाथि १० प्रतिशत शुल्क

ट्रम्प ट्यारिफ २०२५, नेपालमाथि अमेरिकी ट्यारिफ, अमेरिकी आयात शुल्क, Donald Trump tariff Nepal, अमेरिकी व्यापार नीति, नेपाल निर्यात अमेरिका, १० प्रतिशत ट्यारिफ नेपाल, ब्राजिल भारत ट्यारिफ, US import tax 2025, अमेरिकी–चीन व्यापार वार्ता

ट्रम्प ट्यारिफ २०२५, नेपालमाथि अमेरिकी ट्यारिफ, अमेरिकी आयात शुल्क, Donald Trump tariff Nepal, अमेरिकी व्यापार नीति, नेपाल निर्यात अमेरिका, १० प्रतिशत ट्यारिफ नेपाल, ब्राजिल भारत ट्यारिफ, US import tax 2025, अमेरिकी–चीन व्यापार वार्ता

साउन २३, २०८२। एजेन्सी

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ आयात शुल्क (ट्यारिफ) बिहीबारदेखि औपचारिक रूपमा कार्यान्वयनमा आएका छन्। यससँगै ९० भन्दा बढी देशबाट अमेरिका जाने सामानमा नयाँ कर दर लागू भएको छ जसको प्रत्यक्ष असर निर्यातकर्तादेखि उपभोक्ता सम्म पर्न सक्ने अनुमान गरिएको छ।

नयाँ नीतिअनुसार अमेरिकामा उच्च शुल्क तिर्नुपर्ने मुलुकमा ब्राजिल र भारत प्रमुख छन्। ब्राजिलका अधिकांश वस्तुमा ५० प्रतिशत ट्यारिफ तोकिएको छ भने भारतमाथि पनि ५० प्रतिशत शुल्क लाग्ने भएको छ, जुन २७ अगस्टदेखि लागू हुनेछ।

नेपालका सामानमाथि पनि पहिलो पटक १० प्रतिशत ट्यारिफ लागू गरिएको छ। विशेषज्ञहरूको भनाइमा यो शुल्कले नेपाली निर्यातमा केही असर पार्ने भए पनि अन्य देशको तुलनामा दर न्यून भएकाले प्रतिस्पर्धात्मक अवसर पनि देखिन्छ।

अमेरिका–चीनबीच ट्यारिफसम्बन्धी वार्ता जारी छ र दुवै पक्षले १२ अगस्टसम्म नयाँ ट्यारिफ लागू नगर्ने सहमति गरेका छन्। मेक्सिकोका लागि ट्रम्प प्रशासनले ९० दिनसम्म पुरानै कर दर कायम राख्ने निर्णय गरेको छ भने क्यानडामाथि गत शुक्रबारदेखि ३५ प्रतिशत ट्यारिफ लागू भइसकेको छ।

व्यापार विश्लेषकहरूका अनुसार अमेरिकी ट्यारिफ नीतिले अन्तर्राष्ट्रिय बजारमा उतार–चढाव ल्याउने सम्भावना छ। नेपालले कम दरको शुल्कलाई निर्यात विस्तारको अवसरका रूपमा उपयोग गर्नुपर्ने उनीहरूको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भियतनाम उपराष्ट्रपति नेपाल भ्रमण, नेपाल भियतनाम सम्बन्ध, रामसहायप्रसाद यादव, भो थि आन सुआन नेपाल, द्विपक्षीय वार्ता नेपाल भियतनाम, नेपाल भियतनाम कूटनीति, नेपाल भियतनाम ५० वर्ष
भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन फाइल तस्बिर।

भदौ ७, २०८२।

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति भो थि आन सुआन आज (शनिबार) तीन दिने औपचारिक भ्रमणका लागि नेपाल आउँदै छिन्। उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल आगमन गर्न लागेकी हुन्।

परराष्ट्र मन्त्रालयका अनुसार यो नेपाल–भियतनाम कूटनीतिक सम्बन्धमा पहिलो पटक हुने उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा भदौ ८ गते उपराष्ट्रपति यादव र उनका समकक्षी सुआनबीच काठमाडौँमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुने छ।

त्यसबाहेक उनले नेपालका अन्य उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ।

यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५०औँ वार्षिकोत्सव समेत परेको हुँदा यस भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। भ्रमण सम्पन्न गरेपछि उपराष्ट्रपति सुआन भदौ ९ गते काठमाडौंबाट हनोई फर्कने कार्यक्रम तय भएको छ।