सुजाना भन्छिन्, साबुनको पैसा बचाउन छोराछोरीलाई खेल्न दिन्न
असार १६, २०८२ । काठमाडौं दैनिक मलावीकी घरेलु कामदार सुजाना कथुम्बा अहिले ८०,००० क्वाचा (अन्दाजी ४६ अमेरिकी डलर) मासिक तलबमा आफ्नो चार सन्तानलाई पाल्दैछिन्। तर हालको महँगी र अत्यधिक मुद्रास्फीतिका कारण उनी जस्तै आम जनताको जीवन दिनदिनै कठिन बन्दै गएको छ। ४३ वर्षीया कथुम्बा भन्छिन् मैले साना छोराछोरीलाई बढी फोहर नगर्न भनेकी छु ताकि साबुनको…