
वात्सल्य एभरेस्ट महिला भलिबल लिगको ट्रफी अनावरण
साउन ३१, २०८२। वीरगन्ज – वात्सल्य एभरेस्ट महिला भलिबल लिगको दोस्रो संस्करणको ट्रफी वीरगन्जमा एक विशेष समारोहबीच अनावरण गरिएको छ। प्रतियोगिता भदौ २० देखि २८ सम्म पोखरामा आयोजना हुने छ। वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह र मधेश युनाइटेड की ब्रान्ड एम्बासडर तथा पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाह ले संयुक्त रूपमा ट्रफी अनावरण गरेका हुन्।…