
नेपालको लगातार दोस्रो जित: सोमपाल कामीको ५ विकेट
भदौ ५, २०८२। काठमाडौं – नेपालले अष्ट्रेलियामा जारी टप इन्ड टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ। बुधबार काजालिस एरिनामा भएको खेलमा नेपालले मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनले पराजित गर्यो। यसअघि नेपालले होबर्ट हरिकन्स एकेडेमीलाई ६६ रनले हराएको थियो। सोमपाल कामीको घातक बलिङ नेपालका तेज बलर सोमपाल कामी खेलको नायक बने। उनले ४…