Headlines
Nepal vs Bangladesh football

दशरथ रंगशालामा नेपाल र बंगलादेशबीच दुई मैत्रीपूर्ण खेल हुँदै

  असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता   नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आगामी सेप्टेम्बर ६ र ९ भदौ २० र २३ मा दशरथ रंगशालामा बंगलादेशविरुद्ध दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सोमबार यो जानकारी सार्वजनिक गर्दै उक्त खेलहरू ‘फिफा अन्तर्राष्ट्रिय म्याच विन्डो’ अन्तर्गत पर्ने जनाएको छ। यी…

Read More
नेपाल र भुटान फुटबल म्याच

साफ यू-२० च्याम्पियनसिपमा नेपालको जीत: भुटानलाई ६–१ ले हरायो

काठमाडौँ, असार २७ — नेपालले साफ वुमेन्स यू-२० च्याम्पियनसिपको शुरूवाती खेलमै भुटानमाथि ६–१ को एकतर्फी जित हासिल गर्दै प्रतियोगिताको उत्कृष्ट शुरूवात गरेको छ। बंगलादेशको ढाकास्थित बसुन्धरा किङ्स एरिना रंगशालामा शुक्रबार सम्पन्न खेलमा नेपालका लागि पूर्णिमा राईले ह्याट्रिकसहित चार गोल गर्दै शानदार प्रदर्शन गरिन्। पूर्णिमाको उत्कृष्ट खेलकै कारण नेपालले पहिलो हाफमै खेल आफ्नो पकडमा लिएको थियो।…

Read More

नेपाल स्ट्रिट प्रिमियर लिग हुँदै, निखिल उप्रेती ब्रान्ड एम्बेसेडरमा

  असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता काठमाडौं – डिजिआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि.को आयोजनामा नेपाल स्ट्रिट प्रिमियर लिग (एनएसपिएल) हुने भएको छ। टि–१० ढाँचामा आयोजना हुने यो प्रतियोगिता असोज १५ गतेदेखि २४ गतेसम्म काठमाडौंको तल्लो मुलपानी मैदानमा हुनेछ। सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत एनएसपिएलका अध्यक्ष ज्ञानु सिंहले प्रतियोगिता सम्बन्धी जानकारी दिँदै यो लिगले नेपालमा…

Read More

खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीतिको संकेत

“खाडिबाट कुलमानको ३ संदेश” उज्यालो नेपालबाट उज्यालो राजनीति संकेत   असार २३, २०८२ काठमाडौं दैनिक संवाददाता मध्यपूर्व – विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङ अहिले ‘उज्यालो नेपाल’अभियान लिएर मध्यपूर्व देशहरुको भ्रमणमा रहेका छन्। उनको यो भ्रमण साधारण भ्रमणभन्दा धेरै फरक देखिन्छ । घिसिङको यो अभियान राजनीतिक संकेत, जनसंपर्क सुदृढीकरण र सम्भावित निर्वाचनको पूर्वतयारीको रूपमा…

Read More

इरानमाथि अमेरिकी बमबारी खाडी राष्ट्रहरू शान्तिको पर्खाइमा

युद्धको संघारमा विश्व र व्यापारिक अस्थिरताबाट त्रसित अरब मुलुकहरू असार ९ , २०८२ इरानमाथि अमेरिकी हमला र खाडी मुलुकहरूको त्रास: बढ्दो युद्धको खतरा र व्यापारिक अस्थिरता निम्त्याउने प्रष्ट गरेको छ । इरानमाथि अमेरिकाले गरेको पछिल्लो हवाई आक्रमणपछि मध्यपूर्वमा तनाव अत्यन्तै बढेको छ। खासगरी खाडीका अरब राष्ट्रहरू साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (UAE) लगायतका मुलुकहरू यो…

Read More
सुनिता ढङोल Kathmandu upmear

काठमाडौं महानगरको बजेट असार ३२ गते २५ अर्बभन्दा बढीको प्रस्ताव

काठमाडौं, असार ३०- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट असार ३२ गते नगरसभाको बैठकबाट पारित हुने भएको छ। आइतबार बसेको १७औँ नगरसभा बैठकमा मेयर बालेन शाहले बजेटको पहिलो प्रस्तुति गरेका थिए। उनले आगामी बैठक असार ३२ गते दिउँसो २ बजे बस्ने गरी…

Read More
प्रहरीका लागि हतियार खरिदमा उठेको प्रश्न बारे गृहमन्त्रीले के भने ?

प्रहरीका लागि हतियार खरिदमा उठेको प्रश्न बारे गृहमन्त्रीले के भने ?

प्रहरीका लागि हतियार खरिदमा उठेको प्रश्न बारे गृहमन्त्रीले के भने ? प्रहरीलाई हतियार नदिए के दिने त? काठमाडाैं, साउन ३ – पुराना ठेक्का ब्युँताएर हतियार खरिद गर्ने तयारीको विषयमा उठेको विवादपछि गृहमन्त्री रमेश लेखकसहित नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा र सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालले राष्ट्रिय सभाको समितिमा स्पष्टिकरण दिएका छन्। सांसदहरूले हतियार खरिदको…

Read More
Narayani hospitar birganj

मधेसमै पहिलोपटक सरकारी अस्पतालबाट स्तन क्यान्सर र बाँझोपनको सेवा सुरु

  वीरगन्ज, असार ३०- मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पतालमा पहिलोपटक सरकारीस्तरबाट स्तन क्यान्सरको जाँच (म्यामोग्राम) र बाँझोपनको उपचार (IUI सेवा) सुरु गरिएको छ। आइतबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औपचारिक रूपमा सेवा उद्घाटन गरेका हुन्। वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार, यी सेवा सुरु भएसँगै अब वीरगन्ज र आसपासका बिरामीहरूलाई काठमाडौँ वा भारत…

Read More
महिला हिंसा नेपाल

शरीरमाथि अधिकार छैन, निर्णय गर्न स्वतन्त्रता छैन, छोरो नभएपछि महिलाको जिन्दगी

असार २४, २०८२      उपसना पौडेल कैलाली – संविधानले बराबरीको ग्यारेन्टी दिएको छ। तर नेपाली समाजमा महिला आज पनि ‘छोरी जन्माउने’ कारणले लाञ्छित छन्, पीडित छन्, अपमानित छन् कहिल्यै नदेखिएको, नबोलिएको र नबुझिएको हिंसामा। यो पितृसत्तात्मक सोच र लिंग आधारित भेदभावको चक्र हो जहाँ महिलाको शरीरमाथि उनकै अधिकार छैन। सुदूरपश्चिमको कैलाली, डोटी, अछाम जस्ता…

Read More
इडब्लुभिएलमा गण्डकी थन्डर्सको ठाँउमा ‘पोखरा निन्जाज’ को प्रवेश

इडब्लुभिएलमा गण्डकी थन्डर्सको ठाँउमा ‘पोखरा निन्जाज’ को प्रवेश

काठमाडौं, असार ३२ – वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल) को दोस्रो संस्करणका लागि गण्डकी थन्डर्सको स्थान अब ‘पोखरा निन्जाज’ले लिने भएको छ। गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै सहभागी हुने नयाँ टोली ‘पोखरा निन्जाज’ भीसर्भ समूहको स्वामित्वमा रहेको हो। इडब्लुभिएलको पहिलो संस्करणमा ६ टोली सहभागी थिए। दोस्रो संस्करणमा पनि सोही संख्या कायम राख्दै पोखरा निन्जाज सातौं…

Read More