प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालत जाने एमालेको निर्णय
मंसिर ३, २०८२। काठमाडौँ दैनिक संवाददाता काठमाडौ – प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको प्रतिनिधिसभा विघटनप्रति असहमति जनाउँदै एमाले सर्वोच्च अदालत जाने भएको छ। यससँगै, विघटनविरुद्ध औपचारिक रूपमा अदालतमा जाने एमाले पहिलो राजनीतिक दल बनेको छ। विघटित प्रतिनिधिसभाको मंगलबार बसेको संसदीय दल बैठकले विघटनलाई “पूर्ण रूपमा असंवैधानिक” ठहर गर्दै तत्काल कानुनी उपचार खोज्ने…
