युवा संघ–जेन-जी झडप : धनगढीको सडकमा तनाव, विरोधमा उत्रिएका जेनजीलाई हातपात
मंसिर १०, २०८२। काठमाडौं दैनिक संवाददाता धनगढी – एमाले नेता महेश बस्नेत धनगढी आइपुगेसँगै स्थानीय जेन-जी समूहले आयोजना गरेको विरोध कार्यक्रम तनावपूर्ण बनेपछि युवा संघ सम्बद्ध कार्यकर्ताले उनीहरूमाथि हातपात गरेका छन्। बस्नेत आगमनको सूचना सार्वजनिक भएपछि जेन-जी युवाहरू सडकछेउमा प्लेकार्ड लिएर शान्तिपूर्ण रूपमा उभिएका थिए। विरोधका क्रममा सम्भावित झडप अनुमान गरी सुरक्षाकर्मीले प्रदर्शनकारी युवालाई घेरा…
