
भारत र चीनबीच लिपुलेकमार्फत व्यापार गर्ने सहमतिविरुद्ध सत्तारूढ र विपक्षी एकमत
भदौ ६, २०८२। काठमाडौँ – भारत र चीनबीच लिपुलेकमार्फत व्यापार गर्ने सहमतिविरुद्ध नेपालको संसद्मा सत्तारूढ र विपक्षी दल एकमत बनेका छन्। सांसदहरूले नेपालको स्वाधीनता र सार्वभौमिकतामा आँच आउने भन्दै कडा आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकमा विभिन्न दलका सांसदहरूले नेपाल सरकारलाई तत्काल कूटनीतिक पहल गर्न आग्रह गरे। कांग्रेस महामन्त्री गगन थापाले नेपालको संलग्नताबिना भारत–चीनले गरेको…