मधेश प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन सर्वोच्चको आदेश
मंसिर १६, २०८२। काठमाडौं दैनिक संवाददाता मधेश प्रदेश – सर्वोच्च अदालतले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई २४ घण्टाभित्र प्रदेशसभाबाट विश्वासको मत लिन परमादेश जारी गरेको छ। सोमबार न्यायाधीश हरिप्रसाद फुयाँल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले जारी गरेको आदेश अनुसार यादवले मंगलबारभित्र विश्वासको मत लिन प्रक्रिया अघि बढाउनुपर्नेछ। ७४ जना सांसदले मुख्यमन्त्री नियुक्ति बदर गर्न दायर…
