
प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सीसँग उठाए लिपुलेक मुद्दा
भदौ १५, २०८२। काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने भारत–चीनबीचको सहमतिप्रति आपत्ति जनाएका छन्। शनिबार चीनको तियानजिनमा भएको द्विपक्षीय भेटमा प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिअनुसार महाकाली नदीको मुहान पूर्वका सबै भूभाग नेपालको रहेको कुरा स्पष्ट पारेका छन्। प्रधानमन्त्रीको सचिवालयद्वारा जारी वक्तव्यमा उल्लेख भएअनुसार ओलीले…