चितवन महाधिवेशनजस्तै ‘सूची मोडेल’ अघि सार्दै ओली: एमाले नेतृत्वमा तीव्र ध्रुवीकरण
मंसिर १९, २०८२। काठमाडौं दैनिक संवाददाता काठमाडौ – नेकपा एमालेको एघारौँ राष्ट्रिय महाधिवेशन नजिकिँदै जाँदा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल नेतृत्वको पक्षबीचको प्रतिस्पर्धा छलफलभन्दा धेरै सूची राजनीतिमा पुगेको देखिएको छ। प्रतिनिधि चयनको अधिकांश प्रक्रिया सकिँदै गर्दा दुवै पक्षले आफ्नो-आफ्नो प्यानल सुनिश्चित गर्ने कठोर रणनीति अपनाइरहेका छन्। संगठन विभागका प्रमुख काशीनाथ अधिकारीका…
