Headlines
सुनिता ढङोल Kathmandu upmear

काठमाडौं महानगरको बजेट असार ३२ गते २५ अर्बभन्दा बढीको प्रस्ताव

काठमाडौं, असार ३०- काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट असार ३२ गते नगरसभाको बैठकबाट पारित हुने भएको छ। आइतबार बसेको १७औँ नगरसभा बैठकमा मेयर बालेन शाहले बजेटको पहिलो प्रस्तुति गरेका थिए। उनले आगामी बैठक असार ३२ गते दिउँसो २ बजे बस्ने गरी…

Read More
Kathmandu ko bajet, balen sah

काठमाडौं महानगरको आम्दानी १० अर्ब नाघ्यो, खर्च ५२ प्रतिशतमा सीमित

काठमाडौं, असार ३०- काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १० अर्ब ३२ करोड रुपैयाँभन्दा बढी आम्दानी गर्न सफल भए पनि खर्च भने ५२.१३ प्रतिशतमै सीमित रहेको तथ्यांक सार्वजनिक भएको छ। महानगरले चालु वर्षका लागि २४ अर्ब ९० करोड ६३ लाख रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर असार २५ गतेसम्म जम्मा १३ अर्ब ३ करोड…

Read More
Narayani hospitar birganj

मधेसमै पहिलोपटक सरकारी अस्पतालबाट स्तन क्यान्सर र बाँझोपनको सेवा सुरु

  वीरगन्ज, असार ३०- मधेस प्रदेशको वीरगन्जस्थित नारायणी अस्पतालमा पहिलोपटक सरकारीस्तरबाट स्तन क्यान्सरको जाँच (म्यामोग्राम) र बाँझोपनको उपचार (IUI सेवा) सुरु गरिएको छ। आइतबार संघीय सरकारका स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले औपचारिक रूपमा सेवा उद्घाटन गरेका हुन्। वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहका अनुसार, यी सेवा सुरु भएसँगै अब वीरगन्ज र आसपासका बिरामीहरूलाई काठमाडौँ वा भारत…

Read More
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको अभिव्यक्ति: ‘संसद विघटनको घटना मलाई पछ्याइरहन्छ

विद्या भण्डारीलाई अध्यक्षमा रोक्न एमालेमा ७० वर्षे उमेरहद हटाउने तयारी

काठमाडौं, असार ३०- नेकपा (एमाले)भित्र पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रिय राजनीतिक पुनरागमनसँगै ७० वर्षे उमेरहद हटाउने तयारी तीव्र बनेको छ। पार्टीको आगामी विधान महाधिवेशन लक्षित गर्दै नेतृत्वमा अनन्तकालसम्म सक्रिय हुन पाउने वातावरण निर्माण गरिँदैछ। एमाले महासचिव शंकर पोखरेलले आइतबार पार्टी मुख्यालयमा आयोजित केन्द्रीय विभागहरूको बैठकमा ७० वर्षे उमेरहद हटाउने प्रस्ताव विधान महाधिवेशनबाट अनुमोदन गरिने जानकारी दिएपछि…

Read More
कुलमान घिसिङको भासण

कतार बाट कुलमान घिसिङको प्रतिबद्धता बाँकी जीवन देश निर्माणमा समर्पित गर्ने घोषणा

कतार, असार २९ – नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो बाँकी जीवन देशको समर्पित सेवा र निर्माणमा खर्च गर्ने प्रतिबद्धता जनाएका छन्। उज्यालो नेपाल अभियान लिएर कतार पुगेका घिसिङले दोहामा आयोजित “उज्यालो संवाद कार्यक्रम” मा प्रवासी नेपालीहरूलाई सम्बोधन गर्दै राष्ट्रिय समर्पणको भावनात्मक घोषणा गरेका हुन्। कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले भने, तपाईंहरूको जुन…

Read More

पाटन नगर उपप्रमुखको कार्यकक्षमा तालाबन्दी अनियमितताको छानबिन माग गर्दै आन्दोलन

बैतडी, असार २९- पाटन नगरपालिकाका उपप्रमुख कमल सिंह बोहराको कार्यकक्षमा तालाबन्दी गरिएको छ। नगरपालिका भित्र भएको भनिएको अनियमितताको छानबिनको माग गर्दै पाटन बजार व्यवस्थापन समितिका अध्यक्ष खेमराज भट्टको नेतृत्वमा यो कदम उठाइएको हो। भट्टले भने स्वयं उपप्रमुखले नै अनियमितताको कुरा उठाएपछि तालाबन्दी गरिएको थियो तर छानबिन नगरी ताला खोलियो, यसले शंका थपिएको छ। सत्यतथ्य बाहिर…

Read More

काभा च्याम्पियन्स लिगमा उपाधि लक्ष्यसहित हेल्प नेपाल स्पोर्ट्स क्लब “माल्दिभ्स” प्रस्थान

काठमाडौँ, असार २९ — नेपाल भलिबल लिगको च्याम्पियन हेल्प नेपाल स्पोर्ट्स क्लब काभा मेन्स च्याम्पियन्स लिगको उपाधि यात्रामा होमिएको छ। माल्दिभ्सको राजधानी मालेमा जुलाई १७ देखि २३ तारिखसम्म आयोजना हुने उक्त अन्तर्राष्ट्रिय लिगमा हेल्प नेपालले नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गर्नेछ। क्लबले पाकिस्तानका दुई खेलाडी उस्मान र मोहम्मद आसिफ नाभिदसहित, नेपाल भित्रका विभिन्न विभागीय क्लबहरूबाट उत्कृष्ट…

Read More

४ वर्षपछि एन्फामाथि फिफाको ‘कन्ट्रोल फन्डिङ’ हटाइयो, नेम्वाङ नेतृत्वमा आर्थिक सुशासनको मान्यता

काठमाडौं, असार २९-विश्व फुटबलको सर्वोच्च संस्था फिफाले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाइएको ‘कन्ट्रोल फन्डिङ’ अन्तत फिर्ता लिएको छ। फिफाको गभर्नेन्स अडिट एन्ड कम्ल्याइन्स कमिटी (GACC) को जुलाई १० मा बसेको बैठकबाट यो निर्णय गरिएको हो। शनिबार सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा एन्फाले यसबारे औपचारिक जानकारी दिएको छ। सन् २०२१ को मार्च १५ देखि लागू…

Read More
समाजवादी पार्टी एकता

माधव नेपाल र वामदेव गौतमबीच पार्टी एकताको सहमति, साउन २ गते घोषणा हुने

काठमाडौं, असार २८–नेपालको वाम राजनीतिमा पुन एकपटक एकता प्रयासले गति लिएको छ। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमबीच पार्टी एकता गर्न लिखित सहमति भएको छ। शुक्रबार (असार २७) दिउँसो काठमाडौंको आलोकनगरस्थित एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुबै नेताले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। एकीकृत समाजवादीका उपाध्यक्ष गंगालाल तुलाधरका अनुसार…

Read More
Purnima rai nepal woman football

पूर्णिमा राईको ह्याट्रिकमा नेपालको विजयी, भुटानविरुद्ध ६–१ को सहज जित

  काठमाडौं, असार २७ – नेपालले साफ महिला यू–२० च्याम्पियनसिप २०२५ मा शानदार प्रदर्शन गर्दै प्रतियोगिताको विजयी सुरुवात गरेको छ। बंगलादेशको राजधानी ढाकास्थित बसुन्धरा किंग्स एरेनामा शुक्रबार सम्पन्न पहिलो खेलमा नेपालले भुटानलाई ६–१ गोलले पराजित गर्‍यो। पूर्णिमा राईको ह्याट्रिक: नेपालले साफ महिला यू–२० च्याम्पियनसिपमा भुटानमाथि ६–१ को शानदार जित दर्ता गर्दै विजयी सुरुवात गरेको छ।…

Read More