
सेयर कर्जा ४२% ले बढ्दा पनि किन बढेन नेपाली पुँजी बजार
भदौ ५, २०८२। काठमाडौँ – गत आर्थिक वर्षको ११ महिनामा मात्र बैंक तथा वित्तीय संस्थाले थप ३८ अर्ब ५७ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका छन्। अघिल्लो वर्षको सोही अवधिमा भन्दा यो ४२.८ प्रतिशतले बढी हो। तर सेयर कर्जा यसरी बढ्दा पनि नेप्से परिसूचक उकालो लाग्न सकेको छैन। हाल लगानीकर्तामा देखिएको आत्मविश्वासको कमी, शिथिल…