नेपाली महिला भलिबल टोलीका उषा भण्डारी र पुनम चन्द माल्दिभ्सको क्लबबाट खेल्ने
साउन २८, २०८२। काठमाडौं – नेपाली महिला भलिबल टोलीका प्रमुख सदस्य उषा भण्डारी र पुनम चन्द माल्दिभ्समा आयोजना हुने भाभु एटोल भलिबल प्रतियोगितामा खेल्ने भएका छन्। दुबै खेलाडीलाई फुलिधुले विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको छ। यो प्रतियोगिता यस वर्ष साउन ३० गतेबाट सुरु हुँदैछ। नेपालबाट भने उषा र पुनम आइतबार नै माल्दिभ्सको लागि प्रस्थान गरिसकेका…
