
साफ यू-१७ महिला च्याम्पियनसिपमा भारतसंग नेपालको हार
भदौ ४, २०८२। काठमाडौं – भुटानमा आजदेखि सुरु भएको साफ यू–१७ महिला च्याम्पियनसिपको उद्घाटन खेलमै नेपाली टिम भारतसँग ७–० को भारी अन्तरले पराजित भएको छ। प्रतियोगिता भुटानको ऐतिहासिक चाङ्लिमिथाङ रंगशालामा भइरहेको छ, जहाँ पहिलो हाफमै भारतले ५ गोल गर्दै खेललाई आफ्नो पकडमा लिएको थियो। दोस्रो हाफमा थप २ गोल गर्दै भारतले नेपाललाई पूर्णरूपमा खेलबाट बाहिर…