एनपिएल अक्सनको तयारी १५० खेलाडीको अन्तिम सूची सर्वाजनिक
साउन २१, २०८२। काठमाडौं – नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो संस्करणको तयारी अन्तर्गत आज १५० खेलाडीको अन्तिम सूची सार्वजनिक गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले देशभरबाट आवेदन दिएका ४५८ खेलाडीहरूमध्येबाट छनोट गर्दै अक्सनको लागि योग्य ठहर भएका खेलाडीहरूको नाम घोषणा गरेको हो। क्यानले दिएको जानकारीअनुसार एनपिएलमा सहभागी हुने आठवटै फ्रेन्चाइज टोलीको माग र…
