राष्ट्र बैंकद्वारा ५० अर्ब रुपैयाँ निक्षेप संकलन
साउन १९, २०८२। काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा अत्यधिक तरलता (excess liquidity) देखिएपछि नेपाल राष्ट्र बैंकले ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने प्रक्रिया सुरु गरेको छ। राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत ४२ दिनको अवधिका लागि यो रकम संकलन गर्दैछ। यस प्रक्रियाका लागि बैंक तथा वित्तीय संस्थाहरूलाई दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोलमा सहभागी हुन आह्वान…
