राजीनामा अब गंगास्नान हो ? रास्वपाका सांसद आसिम शाहको संसदमा तीखो प्रश्न
साउन १९, २०८२। काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद आसिम शाहले भ्रष्टाचारमा मुछिएका मन्त्रीहरूले राजीनामा दिएर सजिलै पन्छिने परिपाटीप्रति कडा असन्तोष जनाएका छन्। सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहले यस्तो संस्कारले भ्रष्टाचारमाथिको कारबाही प्रक्रिया नै कमजोर बनाइरहेको बताएका छन्। सांसद शाहले संसदमा प्रश्न गरे, यो कस्तो नयाँ परम्परा हो ? भ्रष्टाचारको अडियो…
