हिमालपारी हुम्लाको तिल गाउँ प्राकृतिक विपद्को त्रासले बस्ती विस्थापनको संकटमा
साउन २०, २०८२। हुम्ला, तिलगाउँ – चीनसँग सीमा जोडिएको हुम्ला जिल्लाको लिमी उपत्यकामा अवस्थित तिलगाउँ बासिन्दाहरू प्राकृतिक विपद्को भयले बस्ती नै विस्थापन गर्नुपर्ने अवस्थामा पुगेका छन्। पछिल्ला महिना यता बाढी र भेलपहिरोका घटनाले गाउँमा ठूलो जोखिम बढेपछि स्थानीयहरू सुरक्षित स्थानमा सार्न माग गरिरहेका छन्। यस वर्ष जेठ १ गते हिमताल फूटेर आएको भेलले तिलगाउँमा बाढी…
