सानुमाथा थिङले विश्व कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्ने
साउन २२, २०८२। काठमाडौं – नेपाली कराते खेलकी प्रतिभाशाली खेलाडी सानुमाथा थिङ अब अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गर्दै विश्व कराते च्याम्पियनसिप मा सहभागी हुने भएकी छन्। नेपाल कराते महासंघलाई वर्ल्ड कराते फेडेरेसन (WKF) बाट औपचारिक पत्रमार्फत सानुमाथाको छनोट भएको जानकारी प्राप्त भएपछि उनी विश्व स्तरीय प्रतियोगिताका लागि तयार हुँदैछिन्। उनी महिला काता विधामा प्रतिस्पर्धा गर्नेछिन्।…
