मधेश युनाइटेडको नयाँ लोगो: भलिबल र जानकी मन्दिर
साउन २२, २०८२। काठमाडौं – एभरेष्ट महिला भलिबल लिग (इडब्लुभीएल)को दोस्रो संस्करणका लागि सहभागी हुँदै गरेको मधेश युनाइटेड टोलीले नयाँ लोगो सार्वजनिक गरेको छ। नयाँ लोगोमा खेलकुद, मधेशको संस्कृति र धार्मिक पहिचानलाई जोड दिइएको छ। हरियो रङमा आधारित लोगोको केन्द्रमा भलिबलको आकृति राखिएको छ, जसले टोलीको खेल भावना र प्रतिस्पर्धालाई प्रतिनिधित्व गर्छ। भलिबलको वरिपरिका लहरहरूले…
