एएफसी यू-२० महिला एसियन कप छनोटमा साउदी अरेबियामाथि नेपालको रोमाञ्चक जित
साउन २३, २०८२। काठमाडौं – भुटानको थिम्पुमा जारी एएफसी यू-२० महिला एसियन कप छनोट प्रतियोगितामा नेपालले दोस्रो खेलमा साउदी अरेबियामाथि १-० को संघर्षपूर्ण जित हात पारेको छ। चाङलिमिथाङ स्टेडियममा शुक्रबार भएको खेलमा दुवै टोलीबीच बराबरीको प्रतिष्पर्धा भएको थियो। खेलको अन्तिम समयसम्म गोलरहित बराबरीमा रहेको खेल ९०औं मिनेटमा निर्णायक बन्यो। मीना देउवाको पासलाई उपयोग गर्दै शुक्रिया…
