काठमाडौं दैनिक

महेश बस्नेत, रवि लामिछाने, जेलबाट छुट्ने योजना, रुपन्देही जिल्ला अदालत, रास्वपा, नेकपा एमाले, नेपाली राजनीति, अदालत आदेश, बैंक जमानत अस्वीकार

महेश बस्नेतले भने: रवि लामिछानेको जेलबाट छुट्ने अर्को योजना पनि असफल

साउन २७, २०८२। काठमाडौं – नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जेलबाट छुट्ने पछिल्लो प्रयास पनि विफल भएको बताएका छन्। जिल्ला अदालत रुपन्देहीले लामिछानेलाई थुनामै राख्ने आदेश दिएपछि बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै ‘डिजाइन फेल’ भएको दाबी गरेका हुन्। बस्नेतले लेखेका छन्, नमागेको धरौटी बुझाएर अपारदर्शी र स्रोत नखुलेका कमाइ…

Read More
मधेश क्रिकेट, कृष्णा फाउन्डेसन, प्रायोजन सम्झौता, मधेश प्रदेश क्रिकेट संघ, पवन सर्राफ, रुपेश सिंह, आदिल आलम, नेपाल क्रिकेट संघ, पारस खड्का, ग्रासरुट क्रिकेट, खेलाडी तलब, क्रिकेट जर्सी सहयोग, नेपाल क्रिकेट समाचार

मधेश क्रिकेट र कृष्णा फाउन्डेसनबीच एक वर्षे प्रायोजन सम्झौता

साउन २७, २०८२। काठमाडौँ – मधेश प्रदेश क्रिकेट संघ र कृष्णा फाउन्डेसनबीच एक वर्षे प्रायोजन सम्झौता भएको छ। सम्झौतामा फाउन्डेसनका उपाध्यक्ष सुजितकुमार कर्ण र मधेश क्रिकेटका अध्यक्ष सुनिलकुमार महासेठले हस्ताक्षर गरे। सम्झौतामा आर्थिक विवरण सार्वजनिक नगरिए पनि सहकार्य अन्तर्गत फाउन्डेसनले मधेश प्रदेश क्रिकेट टिमको जर्सी उपलब्ध गराउने र त्यसमा आफ्नो नाम अंकित गर्नेछ। शैक्षिक परामर्शदाता…

Read More
विपिन जोशी, हमास बन्धक, इजरायल समाचार, राष्ट्रसंघ अपिल, नेपाली विद्यार्थी, कञ्चनपुर, लर्न एन्ड अर्न कार्यक्रम, इजरायल हमास युद्ध, अन्तर्राष्ट्रिय दबाब, नेपाली बन्धक

इजरायल पुगे विपिन जोशीकी आमा र बहिनी, हमासको बन्धकबाट छोराको रिहाइका लागि अन्तर्राष्ट्रिय अपिल

साउन २७, २०८२। काठमाडौं – कञ्चनपुरका २२ वर्षीय विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा र बहिनी पुष्पा सोमबार बेलुकी इजरायल पुगेका छन्। प्यालेस्टिनी लडाकु समूह हमासको नियन्त्रणमा रहेका विपिनलाई छुटाउन अन्तर्राष्ट्रिय दबाब सिर्जना गर्न उनीहरूलाई इजरायल सरकारले आमन्त्रण गरेको हो। वेनगुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणलगत्तै भावुक हुँदै आमा पद्माले भनिन्, हामी विपिनलाई लिन आएका हौं।…

Read More
वादोरियो कराते टोली, नेपाल कराते, अन्तर्राष्ट्रिय कराते प्रतियोगिता, श्रीलंका कराते, पासाङ ग्याल्जेन थोक्रा, निशान घले, उर्शला पहरी, अर्पणा मगर, आरोन शेरचन, कराते पदक

श्रीलंकामा ४ स्वर्णसहित वादोरियो कराते टोली स्वदेश फर्कियो

साउन २६, २०८२। काठमाडौं – श्रीलंकाको रतनपुरामा सम्पन्न पाँचौँ खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको वादोरियो कराते टोलीले उत्कृष्ट प्रदर्शन गर्दै ४ स्वर्ण र १ रजत पदकसहित दोस्रो स्थान हासिल गरी स्वदेश फर्किएको छ। अगस्ट ७ र ८ तारिखमा सम्पन्न उक्त प्रतियोगितामा नेपालका लागि पुरुष ८० केजीमुनि पासाङ ग्याल्जेन थोक्रा, ५२ केजीमुनि निशान घले, महिला ६१…

Read More
नेपाल तेक्वान्दो, तेक्वान्दो पदक, दक्षिण कोरिया तेक्वान्दो, एमबिसी कप तेक्वान्दो, नेपाली खेलाडी, अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता, सिता तामाङ, अन्जन चौधरी, अस्मिन राउत, निशा दर्नाल

दक्षिण कोरियामा नेपाली तेक्वान्दो टोलीलाई ३ स्वर्णसहित ७ पदक

साउन २६, २०८२। काठमाडौं – दक्षिण कोरियामा सम्पन्न १०औं एमबिसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा सहभागी नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै ३ स्वर्ण, २ रजत र २ कास्यसहित कुल ७ पदक जितेका छन्। प्रतियोगिता ‘ए’ र ‘बी’ लिगमा विभाजित थियो। ‘ए’ लिगको सिनियर यू–३० व्यक्तिगत पुरुषतर्फ अस्मिन राउतले रजत पदक जिते भने महिलातर्फ निशा दर्नालले…

Read More

पशुपतिमा पुगेर एलिनाले गरिन विपिन जोशीको रिहाइको कामना

साउन २६, २०८२। काठमाडौं – चर्चित गायिका एलिना चौहानले इजरायलमा बन्धक अवस्थामा रहेका कञ्चनपुरका कृषिविज्ञान विद्यार्थी विपिन जोशीको सुरक्षित रिहाइको कामना गर्दै सोमबार पशुपति मन्दिर पुगिन्। त्यहाँ आयोजित ‘संकटमोचन ज्ञान महायज्ञ’ कार्यक्रममा सहभागी भई उनले विपिनको फोटो राखिएको फ्रेम समातेर सामाजिक सञ्जालमा पोस्ट गर्दै लेखिन्, आज ऐतिहासिक श्री पशुपति मनकामना पूर्ति तथा संकटमोचन ज्ञान महायज्ञमा…

Read More
काठमाडौं स्पाइकर्स, लोक बुढा, महिला भलिबल, वात्सल्य एभरेष्ट लिग, नेपाली भलिबल, फ्रेन्चाइज भलिबल

काठमाडौं स्पाइकर्सको मुख्य प्रशिक्षकमा लोक बुढा नियुक्त

साउन २६, २०८२। काठमाडौं – वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली काठमाडौं स्पाइकर्सले नयाँ मुख्य प्रशिक्षकका रूपमा लोक बहादुर बुढालाई नियुक्त गरेको छ। खेलाडी र प्रशिक्षक दुवै भूमिकामा लामो अनुभव भएका बुढाले यसअघि त्रिभुवन आर्मी क्लबमा खेलाडी र प्रशिक्षकको रूपमा योगदान पुर्याइसकेका छन्। उनी नेपाली राष्ट्रिय टिमको कोचिङ स्टाफमा समेत संलग्न भइसकेका छन्। तर…

Read More
केपी शर्मा ओली, मदन भण्डारी फाउन्डेसन, विद्या भण्डारी, उषाकिरण भण्डारी, एमाले राजनीति, नेपाल राजनीति समाचार

विद्याबारे ओलीको कटाक्ष : मदन भण्डारी फाउन्डेसन पार्टीको होइन

साउन २६, २०८२। काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसन पार्टीले नबनाएको स्पष्ट गरेका छन्। सोमबार च्यासलस्थित एमाले मुख्यालयमा आयोजित मदन आश्रित स्मृति प्रतिष्ठानको कार्यक्रममा सम्बोधन गर्दै ओलीले पार्टीका नाममा बनेका प्रतिष्ठानहरू व्यक्तिगत स्वार्थमा प्रयोग हुने गरेको टिप्पणी गरे। उनले पुष्पलाल, मनमोहनलगायत नेताका नाममा स्थापना भएका प्रतिष्ठानहरू सुरुमा सामूहिक…

Read More
विपिन जोशी, गाजा बन्धक, हमास, नेपाली बन्धक, इजरायल, कतार, इजिप्ट, नेपाल सरकार, बन्धक उद्धार, गाजा युद्ध, नेपाली विद्यार्थी, Learn and Earn कार्यक्रम

गाजामा बन्धक नेपाली विपिन जोशीका आमा र बहिनी इजरायल प्रस्थान

साउन २६, २०८२। काठमाडौं – गाजामा हमासको बन्धक बनेका नेपाली नागरिक विपिन जोशीका आमा र बहिनी आज इजरायल प्रस्थान गरेका छन्। उनीहरू विपिनको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन र सम्भावित उद्धार प्रयासमा नजिकबाट संलग्न रहनका लागि उनीहरु इजरायल प्रस्थान गरेका हुन्। विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा इजरायलको दक्षिणी क्षेत्रमा रहेको किब्बुज अलुमिममा “Learn…

Read More
नेपाल यू–२० महिला फुटबल, उत्तर कोरिया बनाम नेपाल, यू–२० महिला एसियन कप छनोट २०२५, नेपाल फुटबल हार, नेपाल बनाम उत्तर कोरिया ११–०, नेपाल महिला फुटबल टोली, एएफसी यू–२० महिला कप २०२५, नेपाल फुटबल समाचार

उत्तर कोरियासँग ११–० को हारपछि नेपाल यू–२० महिला एसियन कप छनोटबाट बाहिर

साउन २६, २०८२। काठमाडौँ – नेपाल यू–२० महिला फुटबल टोली अर्को वर्ष थाइल्यान्डमा हुने एसियन कपमा छनोट हुन असफल भएको छ। आइतबार थिम्पुको चाङलिमिथाङ रंगशालामा भएको अन्तिम खेलमा समूहको बलियो टिम उत्तर कोरियासँग नेपाल ११–० ले पराजित भयो। यो हारपछि नेपाल समूहको दोस्रो स्थानमा रह्यो। आठ समूहका दोस्रो स्थान हासिल गर्ने टिममध्ये सबैभन्दा पुछारमा रहँदै…

Read More