
बहुविवाहलाई कानुनी छुट दिने विधेयकको विरोध, मन्त्रीसँग मागियो जवाफ
साउन १९,२०८२। काठमाडौँ – हालै प्रस्तावित कानुनमार्फत विशिष्ट अवस्थामा बहुविवाहलाई कानुनी वैधता दिन सकिने प्रावधानलाई लिएर प्रतिनिधिसभामा कडा आपत्ति जनाइएको छ। सोमबारको बैठकमा विभिन्न सांसदहरूले यसबारे कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाबाट जवाफ माग गरेका छन्। नेकपा एमालेकी प्रमुख सचेतक सुनिता बरालले आकस्मिक समयमा उठेर सो विधेयकले समाजमा नकारात्मक सन्देश दिने र महिला…