गुलाफ हातमा, स्वास्थ्य सन्देश साथमा: सिद्धार्थ गौतमबुद्ध क्याम्पसमा अखिल समाजवादीको जनचेतना अभियान
मंसिर १७, २०८२। प्रकाश डुम्रे, बुटवल रुपन्देही – बुटवलको शैक्षिक वातावरण पछिल्ला दिनमा एउटा फरक र रचनात्मक दृश्यले आकर्षित भइरहेको छ। बिहान ७ नबज्दै सिद्धार्थ गौतमबुद्ध क्याम्पसको गेटमा गुलाफका फुल बोकेको डेढ दर्जन विद्यार्थीको समूह देखिनु, अनि केही समयमै चिकित्सकहरूको टोली त्यहीँ आउने, यही नयाँ दृश्य आजकल क्याम्पसमा सामान्यजस्तै बनेको छ। बिप्लव नेतृत्वको नेकपा (माओवादी)…
