प्रधानमन्त्रीको पहलपछि राष्ट्रपतिले संवादको बाटो खोले: अब दल र जेन-जीबीच छलफलको तयारी
कार्तिक ४, २०८२। काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले अब राजनीतिक दल र जेन-जीबीच प्रत्यक्ष संवाद सुरु गर्नुपर्ने प्रस्ताव गरेकी छिन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार आयोजित दलहरूको संयुक्त बैठकमा उनले राष्ट्रपति रामचन्द्र पौडेलले “संवादको ढोका” खोलेको भन्दै सबै पक्षबीच सहकार्य आवश्यक रहेको बताइन्। प्रधानमन्त्री कार्कीले प्रारम्भिक चरणमा जेन-जी युवाहरूले दलहरूसँग संवादमा बस्न नचाहेको उल्लेख गर्दै भनिन्,…
