
सुस्मिता र भीमलाई वर्ष उत्कृष्ट “आइटिएफ” खेलाडीको सम्मान
साउन २२, २०८२। काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (ITF) ले २८औं वार्षिकोत्सवको अवसरमा २०८१ सालका उत्कृष्ट खेलाडीहरूको घोषणा गर्दै सुस्मिता तामाङ र भीमबहादुर तामाङलाई ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्डबाट सम्मान गरेको छ। महासंघले आयोजित विशेष कार्यक्रममा महिला वर्गमा सुस्मिता र पुरुष वर्गमा भीमलाई नगदसहित अवार्ड प्रदान गरिएको हो। २४औं राष्ट्रिय आइटिएफ तेक्वान्दो प्रतियोगितामा भीमले ३…