मधेशका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
कार्तिक २२, २०८२। राज नेपाली जनकपुरधाम – मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनल (सोनल) आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्। संवैधानिक व्यवस्थाअनुसार नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएकाले उनले दिउँसो १ बजे प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्। सोनल असोज २९ गते पाँच दलका ५६ सांसदको समर्थनमा मुख्यमन्त्री पदमा नियुक्त भएका थिए। कुल १०७…
