एनपीएल प्रसारण टेन्डरमा पटक–पटक मापदण्ड हेरफेर : नेपाली टेलिभिजनहरूको विरोध
कार्तिक २७, २०८२। प्रयास लामा काठमाडौँ – आगामी मंसिर १ देखि सुरु हुने नेपाल प्रिमियर लिग (एनपीएल) को प्रत्यक्ष प्रसारण अधिकारका लागि नेपाल क्रिकेट संघ (क्यान) ले टेन्डर प्रक्रियामा पटक–पटक मापदण्ड परिवर्तन गरेपछि नेपाली टेलिभिजन प्रसारकहरूले विरोध जनाएका छन्। क्यानले पहिलो पटक नोभेम्बर ४ मा प्रत्यक्ष प्रसारण र ओटीटी स्ट्रिमिङ अधिकारका लागि टेन्डर सूचना जारी…
