Headlines

रियाद-दमाम अपडेट: ६० नेपालीको एक्जिट भिसा र १४०५ पासपोर्ट तयार दम्माम मा शिविर आउदै

नेपाली राजदूतावास, रियादमार्फत ६० जना नेपालीको एक्जिट भिसा जारी, थप १४०५ नयाँ पासपोर्ट तयारी र दम्माम क्षेत्रमा पासपोर्ट नवीकरण शिबिर आउदै


काठमाडौं दैनिक – असार ११, २०८२

रियाद, साउदी अरब – नेपाली राजदूतावास, रियादले २४ जुन २०२५ मा सार्वजनिक गरेको सूचनामा हालै थप ६० जना नेपाली नागरिकको एक्जिट भिसा प्राप्त भएको जानकारी गराइएको छ। साथै १४०५ वटा नयाँ राहदानीहरू पनि तयार भएर वितरणको तयारीमा रहेको घोषणा गरिएको छ। यी दुई सूचनाले साउदी अरबमा रहेका नेपालीहरुका लागि खुशीको  सन्देश दिएको छ।

✈ ६० नेपाली नागरिकको एक्जिट भिसा स्वीकृत:

राजदूतावासले जारी गरेको सूचनामा भनिएको छ कि एक्जिट भिसाको लागि प्रक्रिया गरेका मध्ये संलग्न सूचीमा उल्लेखित ६० नेपालीको एक्जिट भिसा प्राप्त भइसकेको छ। सम्बन्धित व्यक्तिहरूलाई यथाशीघ्र नेपाल फर्कन अनुरोध गरिएको छ। आफ्नो एक्जिट भिसाको स्थिति (Status) थाहा पाउन चाहनेहरूले https://sa.nepalembassy.gov.np/check-exit-status/ मा गई इकामा नम्बर वा राहदानी नम्बर राखी जानकारी लिन सकिनेछ।

मोबाइलमा एक्जिट भिसाको म्यासेज प्राप्त भएको छ भने सो म्यासेज देखाएर एयरपोर्टमा जान सकिने र राजदूतावासमा नआई पनि जान सकिन्छ तर म्यासेज नआएको अवस्थामा दमाम क्षेत्रमा कार्यरत जनसम्पर्क अधिकारीसँग सम्पर्क गरी आवश्यक कागजात लिनु आवश्यक रहेको बताइएको छ।

राजदूतावासले स्पष्ट पारेको छ कि एक्जिट भिसा प्रक्रिया निःशुल्क हुनेछ र यसको लागि एक पैसा कसैलाई पनि तिर्नु नपर्ने तर नेपाल फर्किने हवाई टिकट भने आफैंले व्यवस्था  गर्नुपर्नेछ।

🛂 १४०५ वटा नयाँ राहदानी तयार, वितरण प्रक्रिया सुरु

राजदूतावासले अर्को सूचना मार्फत राहदानी नवीकरणको लागि २०२५ जुन ३ सम्म आवेदन दिएका १४०५ जना नेपालीहरूको राहदानी तयार भइसकेको जानकारी दिएको छ। नामको सूची यो लिङ्कमा हेर्न सकिन्छ:
👉 https://shorturl.at/2P78X

सुनिश्चित गर्नका लागि राहदानी बुझ्न आउँदा पुरानो राहदानी र राजस्व तिरेको सक्कल रसिद अनिवार्य रूपमा साथमा ल्याउनु पर्नेछ। आवेदक स्वयं उपस्थित हुनुपर्नेछ, तर कम्पनीको आधिकारिक पत्रका आधारमा सोही व्यक्तिको राहदानी प्रतिनिधिले बुझ्न सक्ने प्रावधान पनि राखिएको छ।

दमाममा घुम्ती शिविरबाट राहदानी वितरण:

पूर्वी क्षेत्रमा बसोबास गर्ने नेपालीहरूका लागि ०४ र ०५ जुलाई २०२५ का दिन दमामको ‘अल असेम रेष्टहाउस फर फेस्टिवल, अल फैसलिया’ मा राहदानी वितरणको विशेष घुम्ती शिविर सञ्चालन गरिनेछ।

पहिल्यै नाम लिष्टमा आइसकेका तर राहदानी लिन बाँकी रहेका व्यक्तिहरूले पनि राहदानी प्राप्त गर्न सक्नेछन्।

वितरण स्थान परिवर्तन भएमा, कार्यालय समयमा ०११-४६१११०८ मा फोन गरी जानकारी लिन सकिने व्यवस्था गरिएको छ।

लोकेशन लिङ्क: https://goo.gl/maps/mM9umqbEP5eTPKob8

राजदूतावासले सूचनामार्फत उल्लेख गरेको छ कि पछिल्लो समय साउदीको श्रम कार्यालयमा थुप्रै देशका नागरिकहरूको एक्जिट भिसा कागजातहरू प्रक्रियामा रहेको कारण केही ढिलाइ हुन सक्नेछ। यस्तो अवस्थामा सबैलाई धैर्यपूर्वक बस्नका लागि आग्रह गरिएको छ।

थप जानकारी वा सहायता आवश्यक परेमा तलका नम्बरमा कार्यालय समय अनुसार सम्पर्क गर्न सकिन्छ:

📱 रियादस्थित नेपाली राजदूतावास

बिहान ९:०० बजे देखि वेलुका ४:०० बजेसम्म: ०११-४६१११०८

दिउँसो ३:०० देखि ४:०० बजेसम्म: ०११-२८८३७९५

📱 नेपाली महावाणिज्यदूतावास, जेद्दा

सम्पर्क नम्बर: ०१२-६२२६६६५ (नियोग खुल्ला भएको दिनमा)

साथै, जानकारीमूलक सूचना राजदूतावासको आधिकारिक फेसबुक पेज मा नियमित रूपमा हेर्न अनुरोध गरिएको छ।

साउदी अरबमा रहँदै आएका हजारौं नेपालीहरूका लागि एक्जिट भिसा र राहदानी वितरणका यी दुबै सूचना अत्यन्तै महत्वपूर्ण छन्। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सूचना समयमै प्राप्त हुनु र प्रक्रियामा पारदर्शिता हुनु अत्यावश्यक हुन्छ। नेपाली राजदूतावास, रियादले यो सूचना सार्वजनिक गरेर आफ्ना नागरिकप्रतिको जिम्मेवारी निर्वाह गरेको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *