राजनीतिक मुहान नै बिग्रिएको छ: कुलमानलाई ओलीको कडा प्रहार

केपी शर्मा ओली, एमाले अध्यक्ष ओली, राजनीतिक मुहान बिग्रियो, संसद् पुनर्स्थापना, राजनीतिक विचलन, उज्यालो नेपाल पार्टी, अराजकता आरोप, नेपालको राजनीति, ओलीको टिप्पणी,,

मंसिर १६, २०८२।  काठमाडौ दैनिक संवाददाता

केपी शर्मा ओली, एमाले अध्यक्ष ओली, राजनीतिक मुहान बिग्रियो, संसद् पुनर्स्थापना, राजनीतिक विचलन, उज्यालो नेपाल पार्टी, अराजकता आरोप, नेपालको राजनीति, ओलीको टिप्पणी,,

काठमाडौं – देशमा बढ्दो राजनीतिक विचलन र अव्यवस्था प्रति गम्भीर चिन्ता व्यक्त गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान नेतृत्वलाई कठोर आलोचना गरेका छन्। पार्टीको वन तथा वातावरण विभागको कार्यक्रममा बोल्दै उनले राजनीतिक संस्कार, आचरण र निर्णय–प्रक्रियामा आएको अवमूल्यनले राज्यको मूहानै बिग्रिएको जिकिर गरे।

ओलीले ‘उज्यालो नेपाल’ पार्टीप्रति व्यंग्य गर्दै फ्युज भएको चिमको प्रतीक प्रयोग गर्नु राजनीतिक अव्यवस्था र दिशाविहीनताकै प्रमाण भएको उल्लेख गरे। उनका अनुसार यस्ता गतिविधिहरूले मुलुकको मूल चरित्र नै कमजोर बनाइरहेको छ।

सरकार अराजकता र आगजनीको बाटोबाट बनेको दाबी गर्दै उनले यही कारण देश गलत मोडतर्फ धकेलिएको टिप्पणी गरे। अहिलेको सत्ता स्थिरता होइन, अस्थिरताको स्रोत बनेको छ, ओलीले भने। स्थिरतामा फर्किन संसद् पुनर्स्थापना नै एकमात्र उपाय भएको उनको अभिव्यक्ति थियो।

अवैध रूपमा गरिएको संसद् विघटनको प्रतिवाद गर्न नसक्ने अवस्थालाई उनले नेपाली डिक्सनेरीबाट सत्य शब्द हटाउनुपर्ने स्थिति बनेको बताए। राजनीतिक आचरणमा आएको विचलन र नेतृत्वको अनिर्णयले अस्थिरता थप गहिरिँदै गएको बताउँदै ओलीले अब राजनीतिक शुद्धिकरण अनिवार्य भएको निष्कर्ष निकाल्दै भने, जबसम्म राजनीतिक स्रोत स्वच्छ हुँदैन, तबसम्म देशले सही दिशा लिन सक्दैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।