प्रधानमन्त्री सुशीला कार्कीद्वारा सचिवालय तथा विज्ञ समूहको संख्या कटौती

सुशीला कार्की, सचिवालय कटौती, प्रधानमन्त्री निर्णय, जेन-जी आलोचना, विज्ञ समूह, सरकार पुनर्संरचना, PM Office Nepal, Kantipur News, Nepal Politics, Cabinet Secretariat

मंसिर ११, २०८२।  काठमाडौँ दैनिक संवाददाता

सुशीला कार्की, सचिवालय कटौती, प्रधानमन्त्री निर्णय, जेन-जी आलोचना, विज्ञ समूह, सरकार पुनर्संरचना, PM Office Nepal, Kantipur News, Nepal Politics, Cabinet Secretariat

काठमाडौ – बढ्दो आलोचनापछि प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय र विज्ञ समूहको संख्या घटाएर ६ जनामा सीमित गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार जारी गरेको विज्ञप्तिअनुसार नयाँ संरचना बिहीबारदेखि लागू हुनेछ।

पहिले २० सदस्य रहेको सचिवालय अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक, स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र अवैतनिक जनस्वास्थ्य विज्ञ गरी ६ सदस्यमा झारिएको छ।

जेन–जीलगायत विभिन्न पक्षबाट आएको आलोचनापछि प्रधानमन्त्री कार्कीले सचिवालय र विज्ञ समूहको संख्या घटाएर ६ जनामा सीमित गर्ने निर्णय गरेकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।