१० दिनको आमरण अनशन तोड्दै यादव सिंह

यादव सिंह अनशन, जेन–जी आन्दोलन, माइतीघर अनशन, KP ओली कारबाही, रमेश लेखक कारबाही, जेन–जी सहिद परिवार, आमरण अनशन नेपाल, यादव सिंहले अनशन तोडे, Kathmandu protest news, Gen-G movement Nepal, नेपाली राजनीति समाचार, सरकारको आश्वासन, आन्दोलनका चार बुँदे माग, जेन–जी घाइते समर्थन, माइतीघर मण्डला प्रदर्शन

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता

यादव सिंह अनशन, जेन–जी आन्दोलन, माइतीघर अनशन, KP ओली कारबाही, रमेश लेखक कारबाही, जेन–जी सहिद परिवार, आमरण अनशन नेपाल, यादव सिंहले अनशन तोडे, Kathmandu protest news, Gen-G movement Nepal, नेपाली राजनीति समाचार, सरकारको आश्वासन, आन्दोलनका चार बुँदे माग, जेन–जी घाइते समर्थन, माइतीघर मण्डला प्रदर्शन

काठमाडौ – माइतीघर मण्डलामा १० दिनदेखि आमरण अनशनमा बसेका २७ वर्षीय यादव सिंहले बिहीबार साँझ अनशन तोडेको हो। जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेको न्यायका लागि राखिएका ४ बुँदे माग सम्बोधनमा सरकार अघि बढेको आश्वासन पाएपछि सिंहले अनशन अन्त्य गरेका हुन्।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई कारबाही गर्नुपर्ने, आन्दोलनमा मारिएका तथा घाइते परिवारलाई न्याय दिनुपर्ने, र अन्य संस्थागत सुधारका मागसहित सिंह मंसिर २५ गतेदेखि अनशनमा बसेका थिए।

अनशन तोडाउने प्रक्रियामा गृह मन्त्रालयका उपसचिव रविन्द्र आचार्य र गृहमन्त्रीका स्वकीय सचिव धिरज जोशी माइतीघर पुगेका थिए। उनीहरू सिंहका नाममा गृह मन्त्रालयका शाखा अधिकृत सुमन भट्टराईले लेखेको पत्र लिएर पुगेका थिए। सो पत्रमा सिंहका सबै माग सम्बोधन गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख छ।

यादव सिंह अनशन, जेन–जी आन्दोलन, माइतीघर अनशन, KP ओली कारबाही, रमेश लेखक कारबाही, जेन–जी सहिद परिवार, आमरण अनशन नेपाल, यादव सिंहले अनशन तोडे, Kathmandu protest news, Gen-G movement Nepal, नेपाली राजनीति समाचार, सरकारको आश्वासन, आन्दोलनका चार बुँदे माग, जेन–जी घाइते समर्थन, माइतीघर मण्डला प्रदर्शन

सिंहले घाइते जेन–जी कार्यकर्ता मदन कार्की र विजेश तामाङको हातबाट जुस पिएर अनशन तोडे। उनले भने, प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयको अनुरोध र घाइते साथीहरूको सहमतिपछि अनशन अन्त्य गरेको हुँ।

सरकारले माग सम्बोधनमा ठोस प्रगति भएको दाबी गरे पनि आन्दोलनकारीहरूको चासो भने अझै यथावत् छ। माग पूरा भएर व्यवहारिक रूपमा लागू नहुन्जेल निगरानी र दबाब निरन्तर रहने उनीहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।