जेन–जीका मागका लागि ९ दिनदेखि आमरण अनशन, सरकार बेखबर

मंसिर ४, २०८२।  काठमाडौँ दैनिक संवाददाता

काठमाडौ – जेन–जी आन्दोलनका सक्रिय अभियन्ता २७ वर्षीय यादव सिंह ९ दिनदेखि माइतीघर मण्डलमा आमरण अनशनमा बसेका छन् । २३ भदौको घटनामा सहकर्मीको मृत्यु देखेका उनले आन्दोलनको माग पूरा नगरेसम्म अनशन नछाड्ने अडान दोहोर्याइरहेका छन् ।

सिंहको प्रमुख मागमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रचलित फौजदारी कानुनअनुसार सामूहिक हत्याको मुद्दामा कारबाही गर्ने, आन्दोलनका सहिद परिवार र घाइतेको माग तत्काल सम्बोधन गर्ने तथा जेन–जी आन्दोलनलाई कुशासन र भ्रष्टाचारविरुद्धको जनआन्दोलन घोषणा गर्ने विषय छन् ।

सरकारका तर्फबाट आश्वासन मात्र पाएका सिंहले कुनै लिखित समझदारी नभएकाले अनशन जारी राखेका छन् । अनशनको चौथो दिन स्वास्थ्य समस्याले च्यापिएपछि उनलाई अस्पताल लगिएको थियो । स्लाइन चढाएरै उनी फेरि माइतीघर फर्किए । तीन दिनदेखि दिसा नलाग्ने, सास फेर्न कठिनाइ, हात काँप्ने, शीत–न्यानो सहन नसक्ने अवस्था भएको उनले बताए ।

कञ्चनपुरका सिंह हाल काठमाडौंमा राष्ट्रिय बिमा कम्पनीमा ज्यालादारी गर्छन् । उनी सामाजिक सञ्जालमा ‘नेपोबेबी’ अभियान चलाउनेमध्ये एक हुन् । २२–२३ भदौको विरोध प्रदर्शनमा गोलीवर्षा भएको भिडमा उनी पनि थिए । साथी पारस सुनारलाई गोली लागेपछि आफू पनि जोखिममा परेको स्मरण गर्छन् ।

आन्दोलनमा देखिएको आफ्नो तस्बिर भाइरल भएपछि आफूलाई राजनीतिक रूपमा बदनाम गर्न खोजिएको र धम्कीसमेत आएको उनले दाबी गरे । त्यसपछि केही समय गाउँ बसे पनि घाइते तथा मृतक परिवारको आग्रहमा उनी फेरि काठमाडौं फर्किए ।

देशका लागि निःस्वार्थ लड्नेहरूलाई न्याय दिलाउन म अन्तिम क्षणसम्म बस्छु, सिंहले भने, जेन–जीकै आन्दोलनबाट बनेको सरकारले जेन–जीका माग बेवास्ता गरेपछि अनशन बस्न बाध्य भएँ।

सरकारका प्रतिनिधिहरू अनशनस्थल पुगे पनि मागबारे औपचारिक सम्झौता नभएकाले उनको यो अनशन आन्दोलन थप जटिल बन्दै गएको छ । सिंहले माग पूरा नभएसम्म सडक नछोड्ने अडान दोहोर्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।