रविमाथि प्रतिशोधको राजनीति: नख्खु कारागार भेटपछि स्वर्णिम वाग्लेले गरे कडा टिप्पणी

Rabi Lamichhane

मंसिर ३, २०८२।  काठमाडौं दैनिक संवाददाता

Rabi Lamichhane

काठमाडौं – मंगलबार नख्खु कारागारमा रास्वपा सभापति रवि लामिछानेलाई भेटेपछि पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले ‘प्रतिशोधको राजनीति’ अघि बढाएको आरोप लगाउँदै कडा अभिव्यक्ति दिएका छन्।

वाग्लेका अनुसार प्रधानमन्त्रीलाई रविमाथि कति गहिरो षड्यन्त्र गरिएको छ भन्ने कुरा आफूहरूभन्दा धेरै थाहा छ। उहाँले परिवारसँग भित्र–भित्रै कति स्तरसम्मको राजनीतिक खेल चलाइएको रहेछ भन्ने कुरा साझा गर्नुभएको रहेछ, वाग्लेले भने।

उनले रविमाथि भएको कारबाहीलाई पूर्ववर्ती सरकारले सुरु गरेको प्रतिशोधको राजनीतिको शृङ्खला भनेर व्याख्या गरे। उनका अनुसार यसको प्रमुख उद्गमस्थल क्याबिनेट बैठक नै थियो, जहाँ दुराशयका साथ प्रक्रिया अघि बढाइयो। पहिलेको सरकारले जुन नीयतले यो अगाडि बढाएको थियो, अहिलेको सरकारले त्यसमा पुनर्विचार गर्नुपर्छ, उनले भने।

वाग्लेले सहकारी छानबिनसम्बन्धी संसदीय समितिको प्रतिवेदन र त्यसलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय दुबैलाई पुनरावलोकन गर्नुपर्ने बताए। हामी अदालतमा हस्तक्षेप गर्न खोजेका होइनौं। तर प्रतिशोधको राजनीति थाल्ने कार्यकारी निकायले अब विवेकपूर्वक कदम चाल्नुपर्छ, उनले स्पष्ट पारे।

रविमाथिको मुद्दालाई चुनावी रणनीति भन्दै उछालिएको आरोप अस्वीकार गर्दै उनले यसलाई शुद्ध रूपमा न्यायको लडाइँ भने। अन्यायपूर्ण रूपमा गरिएको प्रयोगलाई सच्याएर मोडेरेट पाथतर्फ लाग्नुपर्छ, वाग्लेले भने।

वाग्लेले विगतमा केपी शर्मा ओली नेतृत्वको सरकार र तत्कालीन गृहमन्त्री रमेश लेखकले नै रवि लामिछानेलाई फसाउने प्रपञ्च रचेको दाबी गरे। उनले भने, ४० लाख हस्ताक्षरले त्योबेला के भएको थियो भन्ने प्रस्टिन्छ। संसदीय छानबिन समितिको पेज नम्बर ४४९ सरकारले फेरि एकपटक पढोस्, बाँकी अरू केही चाहिँदैन।

रास्वपा नेतृत्व यस विषयलाई आन्तरिक रूपमा ‘राजनीतिक प्रतिशोध’ का रूपमा व्याख्या गर्दै आएको छ। वाग्लेको नयाँ आरोपपछि यो विषय फेरि एकपटक राजनीतिक बहसको केन्द्रमा पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।