दुर्गा प्रसाईं लक्षित मध्यरातको गिरफ्तार विवादमा डा. भिमार्जुन आचार्यको सरकारलाई प्रश्न

दुर्गा प्रसाई गिरफ्तारी, भिमार्जुन आचार्य, मध्यराति पक्राउ, नागरिक शासन, काठमाडौं सुरक्षा, Durga Prasai arrest, Bhimarjun Acharya statement

मंसिर ३, २०८२  काठमाडौं दैनिक संवाददाता

 दुर्गा प्रसाई गिरफ्तारी, भिमार्जुन आचार्य, मध्यराति पक्राउ, नागरिक शासन, काठमाडौं सुरक्षा, Durga Prasai arrest, Bhimarjun Acharya statement

काठमाडौ – संविधानविद् डा. भिमार्जुन आचार्यले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई मध्यरात घरमै घेराबन्दी गर्दै गरिएको गिरफ्तारीलाई ‘नागरिक शासनमा ठूलो धब्बा’ भएको बताएका छन्। उनले कानूनले रातको समयमा परिवारसँग रहेको व्यक्तिलाई गिरफ्तार गर्न नदिएको प्रष्ट उल्लेख गर्दै सरकारसँग किन यस्तो कदम चालियो ? भनेर जवाफ मागेका छन्।

सोमबार राति भक्तपुरस्थित निवासबाट प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गरेको थियो। पक्राउ परेपछि डा. आचार्यले फेसबुकमार्फत प्रतिक्रिया सार्वजनिक गर्दै लेखेका छन्,
अभिव्यक्ति स्वतन्त्रताको सीमा हुन्छ। तर परिवारसँग बसिरहेको व्यक्तिलाई मध्यरातमा गिरफ्तार गर्नु कानूनत: बर्जित कार्य हो। यो नागरिक शासनको ठूलो धब्बा हो।

उनका अनुसार, अभिव्यक्ति स्वतन्त्रताको मर्यादाको निगरानी राज्यले गर्न सक्दछ तर ‘रातको गिरफ्तारी’ जस्ता कदमको कानुनी आधार सरकारले खुलाउनै पर्ने माग उनले राखेका छन्।

प्रसाईं पक्राउपछि काठमाडौं उपत्यकामा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ। उनका समर्थक तथा नागरिक बचाउ समूहले विरोध प्रदर्शन गर्न सक्ने सम्भावना देखिएको प्रहरीले जनाएको छ।

प्रसाईंविरुद्ध ‘सार्वजनिक शान्तिविरुद्धको कसुर’मा चार दिनको म्याद पनि अदालतले थपिसकेको छ। पक्राउपछि उनलाई काठमाडौं प्रहरी परिसर भद्रकालीमा राखिएको छ।

डा. आचार्यले यसअघि पनि राजनीतिक विवाद, अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारसम्बन्धी विषयमा कडा प्रतिक्रिया दिँदै आएका छन्। यो पटक दुर्गा प्रसाईंको गिरफ्तारीले कानुनी विवाद मात्र होइन, राजनीतिक बहसलाई समेत चर्काएको देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।