त्रिवि क्रिकेट रंगशालामा ‘कीर्तिपुर समाज’द्वारा पार्किङ शुल्क उठाउदै

Npl.एनपीएल

मंसिर २, २०८२।  काठमाडौँ दैनिक संवाददाता

Npl.एनपीएल

काठमाडौ – कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट रंगशालामा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न पुगेका दर्शकसँग ‘कीर्तिपुर समाज’ नामक समूहले अनधिकृत रूपमा पार्किङ शुल्क उठाइरहेको खुलेको छ। रंगशालाको वरपर निःशुल्क पार्किङको व्यवस्था भएको अवस्थामा पनि मोटरसाइकलबाट १०० र गाडीबाट १५० रुपैयाँ उठाइँदै आएको जनाइएको छ।

सोमबारदेखि खटाइएका स्थानीय युवाहरूले ‘कीर्तिपुर विकास समाज कीर्तिपुर–११, लेखिएको रसिद देखाएर शुल्क उठाइरहे। रसिदमा भदौ २३ र २४ का प्रदर्शनमा क्षतिग्रस्त सार्वजनिक संरचना मर्मत–पुनर्निर्माणका लागि रकम उपयोग गर्ने उल्लेख छ। साथै सवारी साधनको सुरक्षाको जिम्मेवारी आफ्नो नभई सवारीधनीकै हुने चेतावनीसमेत सोही रसिदमा छापिएको छ।

नगरपालिकाको भूमिकामा प्रश्न ?

पार्किङ शुल्क उठाइरहेका युवाहरूले यो काम कीर्तिपुर नगरपालिकाका मेयर कृष्णमान डंगोलको निर्देशनमा भएको दाबी गरे। तर मेयर डंगोलले शुल्क उठाउने निर्देशन नदिए पनि ‘सल्लाह’ मात्र भएको स्वीकार गरे।

त्रीबी पार्किङ शुल्क विवाद

उनका अनुसार, स्थानीय युवाहरूले आन्दोलनमा जलेको वडा कार्यालय भवन बनाउने भन्दै पार्किङ उठाउने कुरा गरेका थिए। मैले दर्ता गरी नियमअनुसार गर्नू भनेको थिएँ। अहिले बाहिर भएकाले के भइरहेको छ थाहा छैन। तर दर्ता भएको वा नभएको भन्ने बारे नगरपालिकासँग कुनै स्पष्ट विवरण छैन।

त्रिवि उपकुलपति दीपक अर्यालले रंगशालामा पार्किङ शुल्क उठाउने विषयमा न त्रिवि, न नेपाल क्रिकेट संघ (क्यान), नत नगरपालिकासँग कुनै औपचारिक सहमति भएको बताए।
उनले भने, क्यान र नगरपालिकासँग पार्किङबारे कुनै छलफलै भएको छैन। हामीलाई जानकारी नै थिएन।

एनपीएल आयोजनाका लागि त्रिवि परिसरमा सार्वजनिक पार्किङ निःशुल्क व्यवस्था गरिएको आयोजकहरूले जानकारी गराउँदै आएपनी तर दर्शकहरुले भने शुल्क तिरिरहेका छन् ।

काठमाडौं प्रहरी प्रवक्ता पवन भट्टराईले अनुमति नलिएर शुल्क उठाइएको प्रमाणित भए कानुनी कारबाही हुने चेतावनी दिएका छन् । उनले भने,वस्थानीयले उपकुलपति वा रजिस्ट्रार सँग मौखिक सहमति गरेको भनिएको छ। तर यदि औपचारिक अनुमति नलिइ अनधिकृत रूपमा उठाइएको हो भने कारबाही हुन्छ।

गत वर्ष पनि उठेको थियो विवाद

गत वर्ष पनि स्ववियुहरूद्वारा यस्तै रूपमा पार्किङ शुल्क उठाइएको थियो। आलोचना बढेपछि त्यो बेलामा शुल्क उठाउने निर्णय स्थगित गरिएको थियो। २०५९ सालदेखि क्यानले त्रिविसँग सम्झौता गरेर क्रिकेट मैदान प्रयोग गर्दै आएको छ।

सम्झौता २०८३ वैशाख मसान्तसम्म मान्य रहन्छ।
क्यानले त्रिविलाई वार्षिक ९ लाख (६ लाख जग्गा भाडा, २ लाख छात्रवृत्ति, १ लाख खेलकुद) बुझाउँदै आएको छ। साथै त्रिवि विद्यार्थी कल्याण तथा केन्द्रीय क्याम्पस स्ववियुले क्यानसँग २५ लाख चन्दा लिने छुट्टै सम्झौता पनि गरेको छ।

सरकारी जग्गामा निःशुल्क पार्किङ व्यवस्था हुँदाहुँदै ‘समाज’का नाममा शुल्क उठाइएपछि दर्शक, प्राध्यापक, कर्मचारी र विद्यार्थीले समेत असन्तुष्टि व्यक्त गरेका छन्।
अहिले यसबारे त्रिवि प्रशासन, नगरपालिका र प्रहरीबीच समन्वय नहुँदा पार्किङ व्यवस्थापन अझै अनिश्चित बनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।