मधेश प्रदेशमा राजनीतिक तानातान : सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता

मधेश प्रदेश, सभामुख मण्डल, अविश्वास प्रस्ताव, जसपा नेपाल, बबिता राउत, एमाले, प्रदेश राजनीति, जनकपुरधाम समाचार

कात्तिक २७, २०८२।  उपसना पौडेल

मधेश प्रदेश, सभामुख मण्डल, अविश्वास प्रस्ताव, जसपा नेपाल, बबिता राउत, एमाले, प्रदेश राजनीति, जनकपुरधाम समाचार

जनकपुरधाम – मधेश प्रदेशमा पुनः राजनीतिक तानातान तीव्र भएको छ। प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलविरुद्ध सात राजनीतिक दलका सांसदहरूले अविश्वास प्रस्ताव दर्ता गर्न सचिवालय पुगेका छन्। तर सभामुख मण्डलले उक्त प्रस्ताव दर्ता नगर्न कर्मचारीलाई निर्देशन दिएको आरोप लाग्दै विवाद चुलिएको छ।

जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार ६४ जना सांसदहरूको हस्ताक्षरसहित अविश्वास प्रस्ताव लिएर पुगेका सांसदहरूलाई एमाले कार्यकर्ताले अवरोध गर्न खोजे पनि उनीहरू उपसभामुख बबिताकुमारी राउत ईशरको कार्यकक्षसम्म पुगेका थिए।

उपसभामुख राउतले उक्त प्रस्तावमा तोक लगाइसकेकी भए पनि सभामुखले सचिवालयमार्फत दर्ता रोकेका छन्। यादवका अनुसार “सभामुख मण्डलले आफूविरुद्धको प्रस्ताव रोक्न कर्मचारीलाई निर्देशन दिएका छन्, जुन स्पष्ट गैरसंवैधानिक कदम हो।

मधेश प्रदेश, सभामुख मण्डल, अविश्वास प्रस्ताव, जसपा नेपाल, बबिता राउत, एमाले, प्रदेश राजनीति, जनकपुरधाम समाचार
सभामुखविरुद्ध प्रस्ताव दर्ता गराउन पुगेका सात राजनीतिक दलका नेताहरू ।

गत शनिबार तत्कालीन मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लिने बेला सभामुख मण्डलले तटस्थ भूमिका नखेलेको भन्दै सात दलीय गठबन्धनले असन्तुष्टि व्यक्त गर्दै आएका थिए। सभामुख मण्डल एमाले कोटाबाट निर्वाचित भएकाले उनी पक्षपाती भएको आरोप गठबन्धनको छ।

प्रदेशसभा नियमावली अनुसार सभामुखविरुद्ध अविश्वास प्रस्ताव दुई तिहाई बहुमतले पारित गर्न सकिन्छ।

मधेश प्रदेश, सभामुख मण्डल, अविश्वास प्रस्ताव, जसपा नेपाल, बबिता राउत, एमाले, प्रदेश राजनीति, जनकपुरधाम समाचार
बिहिवार सभामुख विरुद्ध ७ दलले दर्ता गरेको अविश्वासको प्रस्ताव

अहिलेको गठबन्धनमा कांग्रेस, जसपा नेपाल, माओवादी केन्द्र, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति र समाजवादी मोर्चा सामेल छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

मंसिर १८, २०८२।  काठमाडौ दैनिक संवाददाता

क्यान महानिर्देशक पक्राउ,, प्रदीप अधिकारी गिरफ्तारी,, नलिन्चोक हेलिकप्टर काण्ड,, अख्तियार अनुसन्धान,, भ्रष्टाचार मुद्दा नेपाल,, नागरिक उड्डयन प्राधिकरण समाचार,, मुरारी भण्डारी पक्राउ,, विशेष अदालत म्याद थप,, हेलिकप्टर काण्ड अपडेट,, नेपाल ताजा समाचार,,

काठमाडौँ – नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। भक्तपुरको नलिन्चोक हेलिकप्टर काण्ड सम्बन्धी भ्रष्टाचार मुद्दा दायर गर्ने तयारीस्वरूप उनलाई नियन्त्रणमा लिइएको स्रोतले पुष्टि गरेको छ।

अख्तियारले अधिकारीसँगै क्यानका पूर्व महानिर्देशक मुरारी भण्डारीलाई पनि हिरासतमा लिएको छ। दुवै जनालाई म्याद थपका लागि विशेष अदालत लगिएको बताइएको छ। नलिन्चोक हेलिकप्टर प्रकरणबारे लामो समयदेखि विवाद र अनियमितताको आरोप उठ्दै आएको थियो, त्यसैको अनुसन्धानलाई अघि बढाउँदै अख्तियारले कडा कदम उठाएको हो।

यसअघि पनि क्यानका पूर्व अधिकारीहरू विभिन्न अनियमितता प्रकरणमा छानबिनको दायरामा परेका थिए।  यो घटनाले नागरिक उड्डयन नियामक निकायमा भएका गम्भीर अनियमितता फेरि एकपटक सतहमा ल्याएको छ।